२३ जेठ, सुर्खेत । पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको छ ।
विद्यापुर जनता माविस्थित क्वारेन्टिनमा १४ दिन बसेका उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । ‘सात दिनसम्म होम क्वारेन्टिनमा बस्नेछु’ भन्ने फाराम भरेर २१ गते उनलाई घर जान दिइयो । उनी हिंडेरै केही घण्टाको दुरीमा रहेको घर गएका थिए । त्यही रात २ बजे उनको मृत्यु भयो ।
बिहीबार उनको स्वाब संकलन गरी पशुपन्छी रोग अन्वेषण प्रयोगशाखा सुर्खेतमा पठाइएको थियो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । उनमा कोरोनाको कुनै लक्षण नरहेको पनि डा. तिवारीको भनाई छ ।
जेठ ७ मा भारतबाट आएका उनको पहिलो पटक बबइ नाकामा आरडिटी परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएको थियो ।
प्रतिकृया दिनुहोस्