Birendranagar Municipality

टिका पुनको रोपाई गीत 'निष्ठुरी बचन' सार्वजनिक (भिडियो)

सेरोफेरो
टिका पुनको रोपाई गीत 'निष्ठुरी बचन' सार्वजनिक (भिडियो)

२३ जेठ । गायिका टिका पुनको रोपाई गीत 'निष्ठुरी बचन' सार्वजनिक भएको छ । चर्चित लोकगायिका पुनले असारे रोपाईमा गाईने मौलिक भाका सार्वजनिक गर्नुभएको हो ।

 

बरिष्ठ लोकगायक नारायण रायमाझिको लय र शब्द रहेको असारे भाकामा टिका पुनको एकल स्वर रहेको छ । हजारौं लोकगित, देउडा र चलचित्रको गितमा स्वर दिईसक्नु भएकी पुनले यो असारे भाका सवै नेपालीले मनपराउने विश्वास व्यक्त गर्नु भयो ।

असारे गीतमा एरेन्ज तेजेन्द्र गुरुङले गर्नुभएको छ भने मिक्सिङ श्याम श्वेत रसाईलीको रहेको छ । रोपाई गीतमा कलाकारहरु उदिराम खड्का, विर्मा खड्का, बिवेक खड्का, मनोज खड्का, शान्ति भट्ट र सरिता माया श्रेष्ठले अभिनय गर्नुभएको छ । यस गीतमा मिराज अर्यालले छायाङ्कन गर्नुभएको छ ।

२०७७ जेठ २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्