Birendranagar Municipality

नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुग्यो, ३३३ जना निको भए

सेरोफेरो
नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुग्यो, ३३३ जना निको भए

२३ जेठ । नेपालमा हालसम्म कोरोना भाईरस (कोभिड-१९) संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये ३३३ जना निको भएर घर गईसकेका छन् । संक्रमित मध्ये ११ जनाको मृत्यु भएको छ ।


मन्त्रालयका अनुसार २५६८ जना आईसोलेसनका छन् भने १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाईनमा बसेका छन् । हाल सम्म ८८ हजार ३ सय ६६ लाई पिसिआर परिक्षण गरिएको छ । १ लाख ३२ हजार ९ सय ६६ को आरडिटी परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


विश्वभर ६५ लाख १५ हजार ७ सय ९६ जनामा कोरोना संक्रमण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । जसमध्ये ३ लाख ८७ हजार २ सय ९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

२०७७ जेठ २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्