Birendranagar Municipality

डोल्पामा कोरोनाबाट एक जनाको मृत्यु

सेरोफेरो
डोल्पामा कोरोनाबाट एक जनाको मृत्यु

२४ जेठ, सुर्खेत । डोल्पामा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोनाका कारण ज्यान जानेको संख्या १२ पुगेको छ ।

 

जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि लिइएको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

 

उनी जेठ १८ गते १२ जनाको समूहमा सुर्खेतबाट डोल्पा पुगेका थिए । होम क्वारेन्टिनमा रहेका उनको जेठ २० गते मृत्यु भएको थियो । उनको मृत्यु भएको २ दिनपछिमात्र स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

 

प्रतिष्ठानले मृतकको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्ने जनाएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले शनिबार एक विज्ञप्ति जारी गरी भौगोलिक विकटताका कारण परीक्षणमा ढिलाई हुनसक्ने बताएका छन् ।

२०७७ जेठ २४ शनिबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्