२५ जेठ, काठमाडौं । विदेशबाट आउने नेपालीहरूलाई राख्न होटलमा क्वारेन्टिन बनाइएको छ । यसका लागि सरकारले पहिलो चरणमा काठमाडौं, मणिग्राम र पोखराका ४७ वटा होटलको सूची सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको उक्त सूचीमा पर्यटकस्तरदेखि चारतारे होटलसम्म छन् । जसमा चारतारे होटल ३, तीनतारे होटल ९, दुईतारे होटल २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २८ होटल छन् ।
सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । होटल बसाइको खर्च भने स्वयं व्यक्तिले नै तिर्नुपर्ने छ ।
शुक्रबार म्यानमारबाट २६ र युएईबाट १ सय ६८ जना नेपाल भित्रिएका छन् भने अरु देशमा रहेका नेपाली पनि उद्धारको पर्खाइमा छन् ।
होटलको सूची हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्