Birendranagar Municipality

जनता समाजवादी पार्टीमा ३ अध्यक्ष, बरियतामा बाबुराम भट्टराई पहिलो

सेरोफेरो
जनता समाजवादी पार्टीमा ३ अध्यक्ष, बरियतामा बाबुराम भट्टराई पहिलो

२५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आइतबार साँझ आयोगमा दर्ता भएको उक्त पार्टीको दर्ता नम्बर १३९२ रहेको छ ।

 

गत वैशाख १० गते मध्यराती समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई जसपा बनेको थियो । नयाँ बनेको पार्टीमा तीन जना अध्यक्ष रहने भएका छन् । जसमा एक जना संघीय परिषद अध्यक्ष र दुई जना केन्द्रीय परिषद अध्यक्ष रहनेछन् ।

 

संघीय परिषद अध्यक्षमा बाबुराम भट्टराई तथा केन्द्रीय परिषद अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् । नेता अशोक राईका अनुसार भट्टराई बरियतामा पहिलो नम्बरमा छन् भने दोस्रोमा ठाकुर र तेस्रोमा यादव छन् ।

 

भट्टराई बरियतामा पहिलो भएपनि उनको पद सेरेमोनियलजस्तै हो । यस्तै यादवपछिको बरियतामा नेता राई छन् भने राजेन्द्र महतो पाँचौ नम्बरमा छन् ।

 

केन्द्रीय समितिको निर्णयलगायत काजगात नपुगेकोले निवेदन दिएको ४५ दिनसम्म निर्वाचन आयोगमा दल दर्ता हुनसकेको थिएन ।

२०७७ जेठ २५ आइतबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्