२५ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् । यस्तै कुल संक्रमित मध्ये ३ हजार २ सय १२ जना पुरुष र २ सय ३६ जना महिला रहेका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भइसकेको छ भने ४ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म ९६ हजार २ सय ५ पीसीआर तथा १ लाख ४५ हजार ४९ आरडिटी परीक्षण गरिएको छ । यस्तै देशभर १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टिनमा र २ हजार ९ सय ६८ जना संक्रमित अइसोलेसनमा रहेका छन् ।
मुलुकका ७७ मध्ये ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको पाइएको छ ।
प्रतिकृया दिनुहोस्