Birendranagar Municipality

टिपेक्स लगाएर घटाइयो भट्टराइको वरीयता, जसपाको कार्यकारी अध्यक्षमा ठाकुर र यादव

सेरोफेरो
टिपेक्स लगाएर घटाइयो भट्टराइको वरीयता, जसपाको कार्यकारी अध्यक्षमा ठाकुर र यादव

२५ जेठ, काठमाडौं । आइतबार निर्वाचन आयोगमा दर्ता भएको जनता समाजवादी पार्टी (जसपा)को वरीयता फेरिएको छ । वरीयता विवाद भएपछि निवेदनमा टिपेक्स लगाएर बाबुराम भट्टराईको नाम चौथो नम्वरमा लेखिएको हो ।

 

जसपाका नेता शिवजी यादवले दुई कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी पार्टी दर्ता भएको जानकारी दिए । यसअघि भट्टराई संघीय परिषद् अध्यक्ष तथा ठाकुर र यादव केन्द्रीय परिषद अध्यक्ष रहने गरी छलफल भएको थियो । यद्धपी आयोगमा दर्ता भएको निवेदनमा भट्टराईको नाम ठाकुरपछि दोस्रो नम्बरमा राखिएको थियो ।

 

नयाँ वरीयता अनुसार ठाकुर र यादवपछि तेस्रोमा अशोक राई छन् भने भट्टराईपछि राजेन्द्र महतो पाँचौं नम्बरमा छन् । भट्टराईले पार्टी एकताका लागि आफू त्याग गर्न तयार रहेको बताएपछि अरु नेताले उनलाई चौथो वरीयतामा बसेर सहयोग गर्न आग्रह गरेका थिए ।


५३ जनाको कार्यकारी समिति रहेको जसपामा १ सय ५१ जनाको राजनीतिक समिति र ७ सय १ जनाको केन्द्रीय समिति हुनेछ ।

BRB

२०७७ जेठ २५ आइतबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्