२६ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्र थप तीन सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । हाल सम्म ७१ जिल्लामा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्