Birendranagar Municipality

३९ जना बोकेर क्वारेन्टाइन जाँदै गरेको टिपर कर्णालीमा खस्यो

सेरोफेरो
३९ जना बोकेर क्वारेन्टाइन जाँदै गरेको टिपर कर्णालीमा खस्यो

फाइल तस्बिर

२८ जेठ, कालिकोट । भारतबाट आएका रास्कोट नगरपालिकाका ३९ जनालाई लिएर क्वारेन्टिनतर्फ जाँदै गरेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान नरहरीनाथ गाउँपालिका १ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ नम्बरको टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको थियो ।

टिपरमा सवार ३१ जना सम्पर्कमा आएका छन् भने ६ जना अझै बेपत्ता रहेको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिए । विष्टका अनुसार मृत्यु हुने दुईजना महिला रास्कोट नगरपालिकाका हुन् ।

सम्पर्कमा आएकामध्ये ४ जनाको जिल्ला अस्पताल कालिकोटमा उपचार भैरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजीव बस्नेतले जानकारी दिए । उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

२०७७ जेठ २८ बुधबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्