Birendranagar Municipality

'लकडाउन' खुकुलो पार्ने सरकारको निर्णय

सेरोफेरो
'लकडाउन' खुकुलो पार्ने सरकारको निर्णय

२९ जेठ । सरकारले ८० दिन लामो लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबारदेखि शुक्रबारदेखि उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर बिजोर प्रणाली अनुसार संचालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

 

यसैगरी सरकारी, गैरसरकारी संस्था, स्वास्थ्य संस्था, वित्तिय संस्थाहरु संचालन गर्ने सरकारले निर्णय गरेको छ । तर कार्यालयहरु बिहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा चलाउनुपर्ने शर्त राखिएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

 

यसैगरी उद्योग, व्यवसायहरु सामाजिक दुरी कायम गरी संचालन ल्याउन पाईने भएको छ । कृषि तथा पशुपंन्छीको उत्पादन विक्री वितरण, ढुवानी सेवा, फोहोरमैला व्यवस्थापन जस्ता कार्य खुला गरिएको छ । यस्तै पसल र डिपार्टमेन्ट स्टोरहरू खोल्न पाइनेछ ।

 

तर सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई सेवा बन्द रहने छ । यसैगरी सपिङ मलहरू खुला हुने छैनन् । रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहने प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

 

सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । यसैगरी विद्यालय तथा शैक्षिक संस्थाहरू भने बन्द रहनेछन् ।

२०७७ जेठ २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्