Birendranagar Municipality

सरिता गिरीलाई सभामुखको रुलिङ, गिरीको संशोधन अस्वीकृत

सेरोफेरो
सरिता गिरीलाई सभामुखको रुलिङ, गिरीको संशोधन अस्वीकृत

३१ जेठ । नेपालको संविधान दोस्रो संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई अस्वीकृत गर्नुभएको हो ।

 

संविधान संशोधनको दफाबार छलफलको क्रममा सरिता गिरीले माग गरेको समय सभामुखले अस्विकृत गर्नुभएको छ । साथै सभामुखले रुलिङ गर्दे प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेको जानकारी दिनुभयो। नियम ११२ मा कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख छ ।


गिरी संसदमा बोल्न खोज्दा सांसदहरुले विरोध गर्दे सभामुखलाई रुलिङ गर्न अनुरोध गरेका थिए ।

२०७७ जेठ ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्