१ असार । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७ ०७८ का लागि ३३ अर्ब ७४ करोड रुपैयाको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सभा समक्ष सोमबार प्रस्तुत गरेको बजेटमा स्वास्थ्य र रोजगारी प्राथमिकतामा छन्। गत वर्षको भन्दा ५० करोड कम रहेको कर्णालीको बजेट कोरोना महामारी नियन्त्रण, भोकमरी न्यूनीकरण र रोजगारी सिर्जनामा केन्द्रित रहेको छ।
कुल बजेट मध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरण तर्फ ९ प्रतिशत विनियोजन गरिएको छ । बजेटले करीब ६ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य लिएको छ ।
कर्णाली प्रदेश सरकारले सार्वजनिक खर्च कटौती गर्दै आगामी वर्ष नयाँ संरचना स्थापना नगर्ने घोषणा गरेको छ । एम्बुलेन्सबाहेक अन्य सवारी साधन समेत प्रदेश सरकारले नकिन्ने भएको छ ।
यस्तै पदाधिकारी र कर्मचारीको अतिथि सत्कार, संचार, बैठक भत्ता, खाजा खर्च र जोखिम भत्ता खारेजीको घोषणा समेत प्रदेश सरकारले गरेको छ । विविध खर्चमा ६० प्रतिशतसम्म खर्च कटौतीको घोषणा सरकारको छ ।
पूर्णपाठ हेर्नुहाेस् ः
प्रतिकृया दिनुहोस्