१ असार । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ ।
सोमबार १ सय १० जना नयाँ सङ्क्रमित थपिएसंगै कुल सङ्क्रमितको सख्या १ हजार ७७ पुगेको छ । सामाजिक विकास मन्त्रालयले सोमबार जारी गरेको बिज्ञप्ती अनुसार नयाँ संक्रमित हुनेमा दैलेखका ९१ र सुर्खेतका १९ जना छन् ।
मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिए । उनका अनुसार हालसम्म १ सय ५१ जना निको भएर घर फर्किएका छन् भने कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस्