Birendranagar Municipality

भारत र चीनबीच सीमा क्षेत्रमा भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

सेरोफेरो
भारत र चीनबीच सीमा क्षेत्रमा भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

एलएसीमा भारतीय र चिनियाँ सैनिक 

२ असार । भारत र चीनका सेनाबीच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा ३ जना भारतीय सैनिकको मृत्यु भएको छ । गलवान उपत्यकामा सोमबार राती भएको झडपमा एक उच्च सैन्य अधिकारी र दूई जवानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा झडप भएको थियो । भारत–चीन सीमा रेखा क्षेत्रको गलवान उपत्यकामा पछिल्लो समय तनाव जारी छ ।

 

समस्या समाधानका लागि दुई पक्षका उच्च सैनिक अधिकारीबिच हाल वार्ता भइरहेको जनाइएको छ ।

२०७७ असार २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्