Birendranagar Municipality

सरिता गिरीको घरमा नाराबाजी गर्नेलाई रिहा गर्ने विषयमा न्यायाधीशबीच राय बाझियो

सेरोफेरो
सरिता गिरीको घरमा नाराबाजी गर्नेलाई रिहा गर्ने विषयमा न्यायाधीशबीच राय बाझियो

३ असार । प्रतिनिधिसभाबाट भर्खरै पारित संविधान संशोधनको विरोध गर्ने सांसद सरिता गिरीको घरमा नाराबाजी गर्ने हेमराज थापालाई छाड्न परेको बन्दीप्रत्यक्षीकरणको रिटमा आदेश जारी गर्ने विषयमा सर्वोच्च अदालतका न्यायाधीशहरुबीच राय बाझिएको छ ।

 

समाजवादी पार्टीकी सांसद गिरीको घरमा जेठ २८ गते बेलुका सोही पार्टीको विद्यार्थी संगठनका नेता थापा नेतृत्वको समूहले कालोझण्डा गाड्ने र उनी विरुद्ध नाराबाजी गरेको थियो ।

 

थापालाई २९ गते पक्राउ गरेर प्रहरीले अभद्र व्यवाहारमा मुद्दा चलाउँदै महानगरीय प्रहरी परिसर टेकुमा राखेको छ । थापाको पक्राउ गैरकानुनी भएकाले रिहाइको माग गर्दै अधिवक्ता सन्तोष भण्डारीले जेठ ३२ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

 

न्यायाधीश सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासमा मंगलबार सुनुवाई भएको रिटमा आदेश जारी गर्ने विषयमा राय बाझिएको हो । सर्वोच्च प्रशासनका अनुसार न्यायाधीश प्रधानले लोकतान्त्रिक व्यवस्थामा विरोध जनाउने नागरिकको अधिकार भएकाले रिहा गर्ने आदेश जारी गर्नुपर्ने राय दिएकी छिन् ।

 

यद्धपी न्यायाधीश फुयाँलले भने सांसदले कुनै विषयमा फरक मत राख्दैमा उनको घर घेराउ गर्ने, तोडफोड गर्ने कार्य कानुन विपरितकै काम भएकाले प्रहरीले गरेको पक्राउ र अनुसन्धान ठीक भएकाले आदेश जारी गर्नु नपर्ने राय दिएका छन् ।

 

अब उक्त रिटको सुनुवाई तीनजना न्यायाधीशको इजलासमा हुनेछ ।

२०७७ असार ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्