३ असार । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीन पदका लागि ३ जनाको नाम सिफारिस गरिएको छ ।
प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित समितिले मंगलबार त्रिवि कार्यकारी परिषद समक्ष उक्त नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेमा प्रा. डा. प्रदीप वैध, प्रा. डा. दिव्या सिंह शाह र प्रा. डा. उत्तमकृष्ण श्रेष्ठ छन् । त्रिवि कार्यकारी परिषदको सिफारिस भएकामध्येबाट एक जनालाई डिनमा नियुक्त गर्नेछ ।
गत २१ जेठमा तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवाल उमेर हदका कारण सेवा निवृत्त भएपछि डिन पद रिक्त छ ।
प्रतिकृया दिनुहोस्