Birendranagar Municipality

चीनसंग सीमा विवाद बढेपछि मोदीले बोलाए सर्वदलीय बैठक

एजेन्सी
चीनसंग सीमा विवाद बढेपछि मोदीले बोलाए सर्वदलीय बैठक

३ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन सीमामा तनाव बढेपछि सर्वदलीय बैठक बोलाएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार बैठक जुन १९ तारिख बेलुका पाँच बजे बस्नेछ ।

 

सोमबार राति लद्दाखको पूर्वी क्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी) को गलवान उपत्यकाको सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच भिडन्त हुँदा भारतका एक उच्च सैनिक अधिकारीसहित २० सैनिकको मृत्यु भएको थियो ।

 

२०७७ असार ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्