Birendranagar Municipality

आईओएमको डिनमा डा. दिब्या सिंह शाह नियुक्त

सेरोफेरो
आईओएमको डिनमा डा. दिब्या सिंह शाह नियुक्त

३ असार । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् । त्रिवि कार्यकारी परिषद्ले उनलाई बुधबार डीनमा नियुक्त गरेको रजिष्ट्रार पेशल दाहालले जानकारी दिएका छन् ।

 

मिर्गौला रोग विशेषज्ञ डा. सिंह त्रिवि शिक्षण अस्पतालको नेफ्रोलोजी विभागकी प्रमुखसमेत हुन् । प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित समितिले बुधबारै डिनका लागि शाहसहित प्रा. डा. प्रदीप वैध र प्रा. डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

 

आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण २१ जेठमा अवकाश पाएका थिए ।

 

शाह प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकसमेत हुन् । प्रधानमन्त्री ओलीलाई नेपालमै दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउनमा समेत उनको भूमिका थियो ।

२०७७ असार ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्