३ असार । सुर्खेतमा आत्महत्या गरेकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्ता गाउँपालिका ८ की २५ वर्षीय उनले असार १ गते घर नजिकै झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
उनको शव पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो । पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
भारतबाट जेठ १२ गते श्रीमान र तीन वर्षकी छोरीसहित आएकी उनी सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएकी थिइन् । क्वारेन्टिनबाट घर जाने बेला उनको आरडीटी रिपोर्ट नेगेटिभ आएको थियो ।
मेहलकुना अस्पतालमा राखिएको उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने जनाइएको छ ।
योसंगै कर्णालीका ४ जनामा मृत्युपछि कोरोना पुष्टि भएको छ ।
प्रतिकृया दिनुहोस्