फाइल तस्बिर
४ असार । नेपालको संविधानको अनुसूची ३ संशोधन गर्ने विधेयक राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको छ ।
सभामा उपस्थित सबैले संशोधन विधेयकको पक्षमा मतदान गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा ५७ जना सांसद उपस्थित थिए ।
राष्ट्रिय सभाले विधेयक पारित गरेको सूचना बिहीबार नै प्रतिनिधिसभा बैठकमा जानकारी गराउने तयारी भइहरेको छ।
जानकारीपछि विधेयक प्रमाणीकरणका लागि सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तत्काल पठाउने तयारी गरेका छन् ।
संविधानको अनुसूची ३ मा निशान छाप छ । निशान छापभित्र नेपालको नक्शा छ । भारतले मिचेकाे लिम्पियाधुरासहितको क्षेत्र समेटेर सरकारले नेपालकाे नयाँ नक्शा सार्वजनिक गरेसंगै निशान छाप परिवर्तनका लागि संविधान संशोधन गरिएको हो ।
उक्त विधेयक प्रतिनिधिसभाले जेठ ३१ गते सर्वसम्मत पारित गरेको थियो ।
प्रतिकृया दिनुहोस्