४ असार । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ४ का ४६ वर्षीय पुरुष र लम्किचुहा नगरपालिका २ की ४३ वर्षीया महिला छन् ।
मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार हालसम्म कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ सय ७१ जना नयाँ संक्रमित थपिएका छन् जसमध्ये ५ सय ९१ जना पुरुष र ८० जना महिला छन् । यस्तै काेराेना संक्रमणमुक्त भएर घर फर्कनेकाे संख्या १ हजार १ सय ८६ छ ।
प्रतिकृया दिनुहोस्