५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमा छलफल अघि नबढाइएको भन्दै कांग्रेसले शुक्रबार बैठक अवरुद्ध गरेको हो ।
कांग्रेसले बिहीबार सभामा छलफलका लागि १७ बुँदे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको थियो । काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहील उक्त प्रस्ताव स्वीकृत नभएसम्म संसद चल्न नदिने बताए ।
सभामुख राजबहादुर शाहीले कार्य व्यवस्था परामर्श समितिको बहुमत सदस्यको सुझावको आधारमा प्रस्ताव अस्वीकृत गरेको जानकारी दिएका थिए ।
प्रदेश सभाको अर्को बैठक शनिबार दिउँसो ३ बजे बोलाइएको छ ।
प्रतिकृया दिनुहोस्