Birendranagar Municipality

कोरोना अपडेटः संक्रमित ८२७४, मृत्यु २२, संक्रमणमुक्त १४०२

सेरोफेरो
कोरोना अपडेटः संक्रमित ८२७४, मृत्यु २२, संक्रमणमुक्त १४०२

५ असार । नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार हालसम्म कोरोनाको संक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय २६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३ सय ३८ पुरुष र ८८ महिला छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय १६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या १ हजार ४ सय २ पुगेको छ ।

२०७७ असार ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्