६ असार । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले सात वर्ष पछि मात्र वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्थाको पक्षमा सत्तारुढ नेकपा उभिएको छ ।
नागरिकता विधेयकमाथि छलफल गर्न शनिबार बिहान बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र सो अवधिसम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरेको छ । वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्नका लागि जन्मदेशको नागरिकता परित्याग गर्नुपर्ने हुन्छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने अङ्गीकृत नागरिकताबारे हाल रहेको व्यवस्थालाई नै कायम गरिनुपर्ने बताएको छ । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले चाहेका बखत नेपाली नागरिकता लिन सक्ने विद्यमान प्रावधान छ ।
प्रतिकृया दिनुहोस्