फाइल तस्बिर
६ असार । असार ७ गते आइतबार खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषीहरुले बताएका छन् ।
यो ग्रहण खण्डग्रास भएपनि खग्रास ग्रहण जस्तै लामो हुने बताइएको छ । बिहान १०ः५० देखि दिउसो १४ः२३ बजेसम्म लाग्ने यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनटको हुनेछ ।
ज्योतिषी दीपक सुवेदीका अनुसार यस पटकको ग्रहण पहिलेभन्दा फरक रहेको छ । २०७६ पौष १० गते लागेको सूर्य ग्रहण विशेष असाधारण भएकै कारण विश्वले कोरोना महामारी खेप्न परेको उनको भनाई छ ।
पौषमा धेरै ग्रह ग्रस्त थिए भने यस पटक लाग्दै गरेको ग्रहणकालमा धेरै ग्रह वक्र छन् । यसै पनि कोरोनाको कारण विश्वभर आर्थिक मन्दी भइरहेको बेला वक्र ग्रहले त्यसलाई झन बढाउने खतरा हुने उनको भनाई छ ।
यो ग्रहण पछि कोरोनाको महामारी क्रमशः कम हुँदै जाने सुवेदीको भनाई छ ।
प्रतिकृया दिनुहोस्