Birendranagar Municipality

शनिबार ३३१ मा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ८६०५ पुग्यो

सेरोफेरो
शनिबार ३३१ मा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ८६०५ पुग्यो

६ असार । शनिबार मात्र ३३१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या आठ हजार ६ सय ५ पुगेको हो। ७४ जिल्लाका संक्रमितमध्ये ७५६ महिला र सात हजार आठ ४९ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

 

पछिल्लो २४ घण्टामा १७६ जना डिस्चार्ज भएका छन्। २४ घण्टामा डिस्चार्ज हुनेमध्ये १५८ पुरुष र १८ महिला छन्। प्रवक्ता गौतमका अनुसार कुल डिस्चार्ज हुनेको संख्या १५ सय ७८ पुगेको छ।

 

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ६९ हजार एक सय ६५ र आरडीटी विधिबाट दुई लाख ५२ हजार दुई सय ४५ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा देशभरका २४ प्रयोगशालामा भएको परीक्षणमा पीसीआर विधिबाट सात हजार चार सय १६ र आरडीटी विधिबाट चार हजार चार सय २६ जनाको नमुना परीक्षण भएको छ।

 

अहिले क्वारेन्टाइनमा एक लाख दुई हजार दुई सय ४५ जनालाई राखिएको छ। सात हजार पाँच जनाको आइसोलेसनमा उपचार भइरहेको प्रवक्ता गौतमको भनाई छ। २२ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्।

२०७७ असार ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्