Birendranagar Municipality

शिक्षाविद् अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन

सेरोफेरो
शिक्षाविद् अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन

७ असार । नेपालको शिक्षाक्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याउनुहुने समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा काठमाडौमा निधन भएको छ । काठमाडौँस्थित महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा उहाँको शनिबार निधन भएको हो ।

 

काठमाडौँस्थित पद्मकन्या क्याम्पस स्थापनामा उहाँको महत्वपुर्ण योगदान छ ।

 

काठमाडौँमा विसं १९८८ असारको हरिशयनी एकादशीमा जन्मिएकी जोशीको दुई छोरी र एक छोरा छन् । जोशीले बनारसबाट राजनीति र संस्कृत शिक्षा तथा बेलायतबाट उच्च शिक्षा हासिल गर्नुभएको हो ।

२०७७ असार ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्