७ असार । रुकुम पश्चिममा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कर्णालीका दशवटा जिल्लामा कोरोना संक्रमण संक्रमण फैलिएको छ । कर्णालीमा संक्रमितको संख्या एक हजार २ सय ५६ पुगेको छ ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार सवैभन्दा धेरै संक्रमितको संख्या दैलेखमा रहेको छ । दैलेखमा ७११ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी सुर्खेतमा २७९, सल्यानमा १६९, कालिकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा १०, मुगुमा २ जना संक्रमित भएको मन्त्रालयले पुष्टि गरेको छ । यसैगरी हुम्ला र डोल्पामा १/१ जना संक्रमित पुष्टि भएको छ ।
अन्य प्रदेशका १६ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेशका विभिन्न अस्पताल र आईसोलेसनबाट कोरोनाबाट निको भई डिस्चार्ज हुनेको संख्या ५३१ पुगेको छ ।
देशभर पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ । कोरोनालाई जितेर घर जानेको संख्या पनि बढिरहेको मन्त्रालयले जनाएको छ । एक हजार ७ सय ७२ जना कोरोनालाई जितेर घर गएका छन् ।
प्रतिकृया दिनुहोस्