८ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले काठमाडौंपछि सबैभन्दा धेरै कोरोना परीक्षण गरेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौंपछि कोरोनाको नमूना परीक्षण गर्ने दोस्रो स्थानमा जुम्ला रहेको छ ।
प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाले डेढ महिनामा १३ हजार १ सय ५४ बढी नमूना परीक्षण गरेको छ । प्रतिष्ठानले गत वैशाख २२ गतेदेखि पीसीआर उपकरण सञ्चालनमा ल्याएको थियो ।
मन्त्रालयले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ५३ हजार ७ सय ७४ पीसीआर परीक्षण गरिएको छ ।
कर्णालीमा भारतबाट आउनेको संख्या बढेपछि परीक्षण बढाइएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए । रावलका अनुसार प्रतिष्ठानकाे ल्यावमा कोरोना भाइरस परीक्षणका लागि २ चिकित्सकसहित ४ प्राविधिक कार्यरत छन् ।
प्रतिकृया दिनुहोस्