Birendranagar Municipality

पर्यटनमन्त्री भट्टराई बोल्दा बोल्दै जुम मिटिङमा 'पोर्न प्ले'

सेरोफेरो
पर्यटनमन्त्री भट्टराई बोल्दा बोल्दै जुम मिटिङमा 'पोर्न प्ले'

८ असार । नेपाल पर्यटन बोर्डले आयोजना गरेको बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै एक्कासी पोर्न भिडियो प्ले भएपछि हंगामा भएको छ । 

बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न सोमबार जुम एपबाट उक्त बैठकको आयोजना गरेको थियो । मन्त्री भट्टराई बोल्दै गर्दा पोर्न भिडियो प्ले भएपछि आयोजकले तत्कालै जुम मिटिङ अन्त्य गरेका थिए ।

पर्यटनमन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै पोर्न भिडियो देखिएको थियो ।

अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट पोर्न भिडियो प्ले गरेको बताइएको छ । उक्त भर्चुअल बैठकमा मन्त्रीसहित करिब २ सय जना सहभागी थिए ।

कोरोना महामारीलगत्तै जुममार्फत भर्चुअल मिटिङ गर्ने क्रम बढेको छ । तर जुमको सुरक्षात्मक पाटो कमजोर रहेको भन्दै आइटीका जानकारहरुले यसको प्रयोग नगर्न चेतावनी दिंदै आएका छन् ।

२०७७ असार ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्