Birendranagar Municipality

पिसिआर परीक्षण नगरी डिस्चार्ज नगर्नु : सर्वोच्च

सेरोफेरो
पिसिआर परीक्षण नगरी डिस्चार्ज नगर्नु : सर्वोच्च

९ असार । लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितलाई पिसिआर परीक्षण नगरी घर नपठाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

अदालतले मंगलबार अन्तरिम आदेश जारी गर्दै लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितलाई पीसीआर परीक्षण नगरी घर पठाउने सरकारी निर्देशिका कार्यान्वयन नगर्न भनेको छ ।

अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशहरु आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलाशले पूर्ण रुपमा निको भएको सुनिश्चितता गरेर मात्रै बिरामीलाई घर पठाउन आदेश दिएको हो ।

स्वास्थ्य उपचारलाई संविधानले मौलिक हक अन्तर्गत राखेकोले सरकारले आफ्ना नागरिकको पूर्ण रुपमा उपचार गर्ने दायित्वबाट भाग्न नमिल्ने आदेशमा उल्लेख छ ।

जेठ २० गते सरकारले उपचारमा रहेका कोरोना संक्रमितलाई लक्षण नदेखिएका आधारमा डिस्चार्ज गर्ने र उनीहरुको पिसिआर परीक्षण गर्न नपर्ने निर्देशिका जारी गरेको थियो ।

२०७७ असार ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्