Birendranagar Municipality

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ४ जनामा कोरोना संक्रमण, आकस्मिक बाहेकका सबै सेवा बन्द

सेरोफेरो
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ४ जनामा कोरोना संक्रमण, आकस्मिक बाहेकका सबै सेवा बन्द

१० असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानको आइसोलेसन र क्वारेन्टिनमा रहेका व्यक्तिको रेखदेख तथा उपचारमा खटिएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका अस्पतला निर्देशक डा. मंगल रावलले जानकारी दिए ।

उनका अनुसार कोरोना पुष्टि भएका चारै जनालाई आईसोलेसनमा भर्ना गरिएको छ भने अस्पतालका आकस्मिक बाहेक अन्य सबै सेवाहरु अर्को सूचना नहुँदासम्म बन्द गरिएको छ ।

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि प्रतिष्ठानमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षण गरिने भएको छ ।

२०७७ असार १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्