Birendranagar Municipality

नागरिकताको विषयमा समानतालाई मन्त्र बनाऔं : गगन थापा

सेरोफेरो
नागरिकताको विषयमा समानतालाई मन्त्र बनाऔं : गगन थापा

१० असार । नेपाली कांग्रेसका सांसद गगन थापाले अंगिकृत नागरिकतामा महिला र पुरूषबीच हुने विभेदकारी व्यवस्था हटाउनुपर्ने बताएका छन् ।

बुधबार नागरिकताबारे आफ्नो धारणा सार्वजनिक गर्दै सांसद थापाले समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउन आग्रह गरेका छन् ।

थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नागरिकतामा समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउने समझदारी बनायौं भने मलाई विश्वास छ वैवाहिक अंगीकृत नागरिकतामा समयावधि राख्ने कुरामा हाम्रो मत मिल्नेछ ।’

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको गत शनिबार बसेको सचिवालय बैठकले वैवाहिक अंगिकृत नागरिकतामा सात वर्षे प्रावधान राख्न उपर्युक्त हुने निर्णय गरेको थियो भने संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट सात वर्षे प्रावधानको पक्षमा बहुमतले निर्णय गरेको छ।

उक्त निर्णयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असहमति राखेको छ।

विधेयकमा नेपाली महिलासँग विवाह गरी आउने विदेशी पुरूषका हकमा भने कुनै व्यवस्था छैन।

थापाको विज्ञप्ति हेर्नुहोस् :

२०७७ असार १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्