Birendranagar Municipality

गुराँस गाउँपालीकाको छैठौं सभा, गुराँस अस्पतालमा सहयोग गर्ने स्वास्थ्य राज्यमन्त्रीको प्रतिबद्धता

सेरोफेरो सुर्खेत
गुराँस गाउँपालीकाको छैठौं सभा, गुराँस अस्पतालमा सहयोग गर्ने स्वास्थ्य राज्यमन्त्रीको प्रतिबद्धता

१० असार । गुराँस गाउँपालिका दैलेखको छैठौं गाउँ सभा रानीमत्तामा शुरु भएको छ । सभामा गाउँपालिका उपाध्यक्ष दिपा वि.सीले कुल ४६ करोड १० लाख २५ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । गाउँसभामा सडक, खानेपानी तथा सिँचाई कार्यदल गठन गरी १५५ जनालाई प्रत्यक्ष रोजगारी दिईने उल्लेख छ ।

 

गाउँ सभामा गुराँस गाउँपालिका भवन निर्माण, गुराँस अस्पताल, गुराँस कृषि क्याम्पस, बाडी पिडितको बस्ती विकास कार्यक्रम र आलुको मुल विउ उत्पादनमा साझेदारी कार्यक्रम मुख्य प्राथमिकतामा परेका छन् ।

 

यसैगरी क्रमागत योजना तर्फ ५० लाख, वडागत तर्फ २ करोड ३१ लाख, आर्थिक विकासमा एक करोड ६ लाख, सामाजिक विकास तर्फ १ करोड ७४ लाख र कोरोना लक्षित विभिन्न कार्यक्रम तर्फ ५० लाख विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत राम बहादुर बुढाले बताउनु भयो । यसै पर्यटन पुर्वाधार तर्फ १ करोड ३७ लाख विनियोजन गरिएको छ । गाउँपालिकाले पर्यटन र कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ ।

 

गाउँसभामा नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावत प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । गाउँसभालाई सम्बोधन गर्दे स्वास्थ्य राज्यमन्त्री नवराज रावतले गाउँपालिकाले स्थापना गर्न लागेको गुराँस अस्पतालको लागी सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

 

यसैगरी नेपाली कांग्रेस दैलेखका सभापति कृष्ण कुमार बि.सी. विषेश अतिथिको रुपमा रहनु भएको थियो । गाउँ सभा गाउँपालिका अध्यक्ष खेमराज वलीको अध्यक्षतामा शुरु भएको थियो । नीति, कार्यक्रम तथा बजेट माथिको छलफल असार ११ गते हुने प्रमुख प्रशासकिय अधिकृत रामबहादुर बुढाले जानकारी दिनुभयो । 

२०७७ असार १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्