१० असार । सिम्ता गाउँपालिकाको गाउँ सभा शुरु भएको छ । गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले आ.व २०७७/७८ को लागी ४५ करोड ६० लाख ६४ हजार ६ सय ४० बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।
गाउँसभामा कारोना रोगको संक्रमण रोकथाम, सामाजिक विकास, आर्थिक विकास मुख्य प्राथमिकतामा रहेको गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार के.सीले जानकारी दिनुभयो ।
गाउँपालिकाले सहिद ऋषि चक्रपथ र सहिद ईन्द्र वि.सी दु्रत मार्गलाई आगामी वर्ष समेत प्राथमिकतामा राखेको अध्यक्ष के.सीले बताउनु भयो । गाउँसभामा अनुमानित कुल ब्यय तर्फ रु ४७ करोड ५ लाख ८९ हजार ६४० बजेट बिनियोजन गरिएको छ ।
यसमा अपुग स्रोत रु १ करोड ४५ लाख २५ हजार बजेट आन्तरिक आय , अन्य अनुदान र अन्य स्रोतबाट पुर्ति गरिने अध्यक्ष के.सीको भनाई छ ।
यस्ता छन् आगामी आर्थिक वर्षका कार्यक्रमहरु :
चक्रपथ रु ५० लाख
द्रुतमार्ग रु ५० लाख
गाउँपालिका प्रासासकीय भवन रु २ करोड ५० लाख
समपुरक कोष रु १ करोड
सिम्ता उज्यालो कार्यक्रम रु ३० लाख
वडा कार्यालय भवन रु १ करोड
आर एम जि र सुकुम्बासी रु ३० लाख
आर्थिक बिकास कार्यक्रम रु १ करोड
पुर्बधार बिकास कार्यक्रम रु ५० लाख
संस्थागत बिकास कार्यक्रम रु ३० लाख
बिपद ब्यबस्थापन (कोभिड-१९) रु २ करोड
सामाजिक बिकास रु १ करोड ५० लाख
वडागत अनुदान रु ३ करोड ६० लाख
प्रतिकृया दिनुहोस्