Birendranagar Municipality

चौकुने गाउँपालिकाको आठौं गाउँसभाः सिमानामा तार लगाउने पर्साको ठोरी गाउँपालिका तथा नेपाली सेनालाई एक/एक लाख दिने (पूर्णपाठ)

सेरोफेरो
चौकुने गाउँपालिकाको आठौं गाउँसभाः सिमानामा तार लगाउने पर्साको ठोरी गाउँपालिका तथा नेपाली सेनालाई एक/एक लाख दिने (पूर्णपाठ)

११ असार । चौकुने गाउँपालिका सुर्खेतको आठौं सभा शुरु भएको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ को लागी ४३ करोड ८० लाख २६ हजार ४ सय ८० बराबरको बजेट प्रस्तुत गरिएको छ । गाउँपालिका उपाध्यक्ष निर्मला रानाले उक्त बजेट तथा नीति कार्यक्रम पेश गर्नुभएको हो ।

 

गाउँसभाले नेपाल भारत सिमानामा तारबार गर्ने पर्सा जिल्लाको ठोरी गाउँपालिकालाई एक लाख आन्तरिक स्रोतबाट दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताउनु भयो ।

 

लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष सूर्य लामाले भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाउनु भएको थियो । यसैगरी गाउँसभाले देशको सिमा रक्षा गर्ने नेपाली सेनालाई समेत रु एक लाख दिने निर्णय गरेको छ ।


चौकुने गाउँपालिकाको नीति तथा कार्यक्रमको पूर्णपाठ :

“चौकुने दिगो विकासको मुल आधार सुशासन, समृद्धि र पर्याप्त पुर्वाधार”

गाउपालिका उपाध्यक्ष श्री निर्मला मगरबाट गाउसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट
गाउँ सभाका अध्यक्ष महोदय,
सभाका सदस्यहरु,
राष्टसेवक कर्मचारीहरु
उपस्थित सम्पूर्ण महानुभावहरु,
(१) चौकुने गाउँपालिकाको सम्मानित सभा समक्ष आगामी आर्थिक वर्ष २०७७।०७८ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ । देश निर्माण तथा राजनीतिक परिवर्तनका लागि अमुल्य जीवन उत्सर्ग गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक सम्मान सहित श्रद्धान्जली व्यक्त गर्र्दछु । राष्ट्रिय एकता, स्वाधिनता, लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको मार्गचित्र कोर्न संघर्ष गर्ने महान नेपाली नागरिक र सबल नेतृत्व गर्नुहुने सम्मानीत व्यक्ति प्रति हार्दिक सम्मान व्यक्त गर्दछु । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड १९) महामारीको संक्रमणबाट ज्यान गुमाएका नागरिक प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । कोरोना संक्रमण भएका व्यक्तिहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।


(२) लामो समयको नेपाली जनताको संघर्षबाट जनताको चाहना अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना भएको छ । लोकतान्त्रिक व्यवस्था र प्रणालीको बलियो जग निर्माणका लागि हाम्रो भूमिका महत्वपूर्ण रहेको छ । समृद्ध नेपालः सुखी नेपाली हाम्रो राष्ट्रिय अभियानलाई सार्थकता दिंदै “चौकुने दीगो विकासको मुल आधाार : सुशासन समृद्धि र प्रयाप्त पूर्वाधार” हाम्रो अभियानलाई सार्थक बनाउन हामी निरन्तर प्रयत्नरत छौं । यस अभियानमा सम्पूर्ण महानुभावहरुको रचनात्मक र सकारात्मक सहयोगको अपेक्षा गर्दछु ।
(३) हामी निर्वाचित भएर जनताको सुखः दुखमा हातेमालो गर्दै विकासको लहरमा समाहित भएको तीन वर्ष पार भइसकेकोे छ । चौकुनेको समृद्धिको अभियानमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु हुने सम्पुर्ण गाउँसभाका सदस्य, आम नागरिक, बुद्धिजिवी, उद्यमी, व्यवसायी, राष्ट्रसेवक प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु । चौकुनेको सर्वाङ्गीण विकासका लागि गाउपालिकालाई अग्रगामी पथमा लैजान पथ प्रदर्शकको भुमिका निर्वाह गर्नुहुने सम्पुर्ण आदरणीय अग्रजहरुको योगदानको उच्च सम्मान गर्दछु ।
(४) चौकुनेका जनताको अपार तथा उत्साहपुर्ण सहभागिताको परिणामले नै हामी उत्साहित भएका छौं । यो सरकार चौकुनेवासीको आशा र भरोसाको केन्द्रविन्दु हो । हामी चौकुनेका जनताले पाउने सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो, भरपर्दो र गुणस्तरीय बनाउन हरपल प्रयत्नरत छौं । हाम्रो कामले नागरिकको मुहार उज्यालो पार्ने लक्ष्य रहेको छ । चौकुनेका नागरिकको सर्वोत्तम हित र अग्रगामी प्रगतिका लागि यो सरकार प्रतिवद्ध रहेको व्यहोरा विश्वास दिलाउन चाहन्छु ।
(५) आगामी आर्थिक बर्षको बजेट तर्जुमा गर्दा मैले नेपालको संविधान, संघीय सरकार को आ.व.२०७७।०७८ को नीति तथा कार्यक्रम, कर्णाली प्रदेश सरकारको आ.व. २०७७।०७८ को नीति तथा कार्यक्रम, स्थानीय सरकार सञ्चालन ऐन, आर्थिक ऐन, विनियोजन विधेयक, आर्थिक विधेयक, माननीय ज्यूहरु, कार्यपालिका सदस्यहरु, गाउँ सभाका सदस्यहरु, विभिन्न राजनैतिक दलका पदाधिकारीहरु, पेशा व्यावसायी, संघ संस्था, बुद्धिजिवि, विषयगत कार्यालयबाट प्राप्त सुझावहरु लाई यथासम्भव मार्गदर्शनको रुपमा लिएको छु । कोभिड १९ संक्रमण नियन्त्रण, उपचार तथा विदेशबाट आफ्नो मातृभूमिमा फर्केका नागरिकहरुलाई आफ्नै गाउठाउमा स्वरोजगारी गर्न सक्ने बातावरण सिर्जना गरिनेछ ।


(६) अध्यक्ष महोदय,
अब म चौकुने गाउँपालिकाको आ.ब. २०७६।०७७ को वार्षिक कार्यक्रमको कार्यान्वयन अवस्थाको संक्षिप्त समिक्षा सम्मानीत सभा समक्ष पेश गर्न चाहन्छु ।
(७) आ.व.२०७६।०७७ को बजेट २०७६ आषाढ १० गते प्रस्तुत गरी ११ गते पारित गरेका थियौं । चालु आ.व.मा हामीलाई नेपाल सरकार समानीकरण अनुदान रु. ९ करोड ८७ लाख, नेपाल सरकार राजश्व बाँडफाँडको रु. ९ करोड ४५ लाख, कर्णाली प्रदेश सरकारको समानीकरण अनुदान १ करोड २ लाख ९८ हजार, कर्णाली प्रदेश सरकारको सवारी साधन वापतको करको वांडफांट वापत ७ लाख ५६ हजार र आन्तरिक आय २२ लाख ४६ हजार गरी जम्मा २० करोड ६५ लाख बजेट विनियोजन गरेका थियौ ।
(८) त्यसैगरी चौकुने गाउँपालिकाकाको प्राथमिकताको क्षेत्र आर्थिक क्षेत्रको विकासका लागि रु.२ करोड २१ लाख १५ हजार, भौतिक पुर्वाधारका लागि रु ६ करोड ९० लाख ५६ हजार विनियोजन गरी विकास योजनाहरु सञ्चालन भएका छन् । ससर्त अनुदानको ठुलो अंश सामाजिक क्षेत्रको विकासका लागि रु.१९ करोड ६९ लाख ११ हजार बजेटबाट शिक्षक तलव भत्ता वितरण लगायतका योजना तथा कार्यक्रम सञ्चालन भएका छन् ।


(९) सचेत नागरिक, कुशल कर्मचारी र सक्षम नेतृत्वका कारण हामीले गत आ.ब. २०७६।०७७ का ३८५ योजनाहरु मध्ये ८० प्रतिशत योजनाहरु कुशलतापुर्वक सम्पन्न गरेका छौ । २०७६ चैत्र ११ गतेबाट कोरोना संक्रमण नियन्त्रण गर्न लकडाउन भएकोले हामीले योजना कार्यान्वयन लाई अपेक्षित गतिमा अगाडि वढाउन सकिएन । तथापी नागरिक सचेतना वढाउदै उपभोक्तस्तरमा सामाजिक दुरी कायम गराउदै उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाहरु, प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरी लकडाउनका कारण रोजगारविमुख भएका नागरिकहरुलाई केहि हद सम्म भए पनि राहतका लागि काम कार्यक्रम सञ्चालन भईरहेको छ ।


अध्यक्ष महोदय,
म गाउपालिकाकाले गरेका मुख्य मुख्य उपलव्धि प्रस्तुत गर्न चाहन्छु ।
गाउपालिका कार्यालयलाई सभाहलमा स्थानान्तरण गरी सञ्चालन गरिएको छ । कार्यालयमा सीसी क्यामरा जडान गरिएको छ । सम्पत्ति कर प्रणाली सुचरु गरिएको छ । गाउपालिको वेभसाईट सञ्चालन गरिएको छ । सेवा प्रवाहलाई पारदर्शी, जनमैत्री र सुसासनमुखी बनाईएको छ । न्यायिक समिति ईजलास स्थापना तथा सञ्चालन गरिएको छ ।
विद्यालय भवन निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, खानेपानी योजना निर्माण, लिफ्ट सिंचाई आयोजनाहरुको काम अगाडि वढाईएको छ ।
झ्यालेकांडा खानेपानी आयोजना, भेरी कर्णाली खानेपानी आयोजना घाटगाउ, घुतघुते सल्लेटाकुरा खानेपानी आयोजना, सरस्वती मा.वि.घाटगाउ भवन निर्माण, ने.रा.मा.वि.शोभानचौर भवन निर्माण, वडा नंं १, ५, ७, ९ को वडा कार्यालयहरुको भवन निर्माण, लामाखेत खानेपानी आयोजना, कुमाला लिफ्ट सिंचाई आयोजना को निर्माण गर्न २०७७ मंसीर १५ गते भित्र निर्माण सम्पन्न गरिने गरी ठेक्का सम्झौता भई काम शुरु भएको छ ।
कर्णाली प्रदेशबाट प्राप्त बजेट बाट जनजागृत मा.वि.भवन निर्माण प्राविधिक शिक्षालय स्थापना, ने.रा.आ.वि.भवन निर्माण वडा नं. १, देवल सिंचाई कुलो आयोजना वडा नं. १, राग खानेपानी आयोजना, जगन्नाथ मा.वि.पर्खाल निर्माण, घाटगाउ कुमाला मायाताल विजौरा सडक वडा नं. १०, ने.रा.मा.वि.८ कोठे पक्की भवन निर्माण, विरगौडा आ.वि.८ कोठे पक्की भवन निर्माण, महाकाली आ.वि.४ कोठे पक्की भवन निर्माण, खारेपानी मायाताल तोस्रा सडक स्तरोन्नती, सिद्धेश्वरी आ.वि.कम्पाउण्ड पर्खाल निर्माण, ने.रा.आ.वि. खेलमैदान निर्माण वडा नं. ६ का योजनाहरु कार्यान्वयन भईरहेका छन् ।
स्वास्थ्य चौकी नभएका वडा नं. १, ५, ६, ७, ९ मा स्वास्थ्यचौकी निर्माण गर्न बोलपत्र आव्हान भई निर्माण गर्ने प्रकृयामा रहेका छन् ।
पशु सेवा औषधी उपचार, घांसको विरुवा वितरण गरिएको छ । तरकारी विउ किट वितरण, किननाशक औषधी व्यवस्था गरिएको र फलफुलका विरुवा वितरण गरिने कार्यक्रम रहेको छ ।


स्वास्थ्य चौकीहरुमा फर्निचर फिक्चर्स, सुनौला हजार दिनका आमाहरुलाई उपाध्यक्ष कोसेली भेट कार्यक्रम,स्वास्थ्य चौकीहरुमा औषधी व्यवस्था गरिएको छ ।
विश्वव्यापी महामारी कोरोना भाईरस (कोभिड १९) रोकथाम, उपचार तथा नियन्त्रणका लागि चौकुने गाउपालिका अहोरात्र जुटिरहेको छ । २०७६ चैत्र दोस्रो हप्ता सम्म चौकुनेका नागरिक भारतबाट आएका ४२५ जना मानिसहरु हो क्वारेन्टीनमा वसेका र निजहरुमा संक्रमण देखिएन । चैत्र दोस्रो हप्ता पछि हाल सम्म चौकुने घर भई भारतमा नोकरीका लागि गएका १८०७ जना मानिसहरुलाई गाउपालिकाबाट गाडी भाडामा लिई उद्धार गरी क्वारेन्टीनमा राखी आर डी टि जांच गरी नतिजा नेगेटिभ देखिएका मानिसहरुलाई होम क्वारेन्टीनमा पठाईएको छ । होम क्वारेन्टीनमा पठाएका मानिसहरुमा केहि ३ जना मानिस बाहेक सवैको स्वास्थ्य स्थिति हाल सम्म सामान्य रहेको वुझिएको छ ।
कोरोना परिक्षणका लागि आरडिटि जांच १९१३ जनालाई गरिएकोमा २६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । आर डि.टि पोजेटिभ देखिएका मध्ये ११ जनामा आर टि पी सी आर पोजेटिभ देखिएको थियो । आर टि पिसीआर जांच ३०० जना गरी जम्मा २२१३ जनाको जांच गरिएकोमा कुल २० जनालाई कोरोना भएको पुष्टि भएको छ । आर डि टी टेस्ट किट जनस्वास्थ्य कार्यालयबाट १६७५ र गाउपालिकाबाट खरिद ४०० गरी जम्मा २०७५ टेस्ट किट प्राप्त भएको थियो । भि टि एम किट जनस्वास्थ्य कार्यालय १७६ र गाउपालिकाबाट खरिद गरिएको भि टि एम किट गरी जम्मा ५०० किट प्राप्त भएको थियो । कोरोना भएका व्यक्तिहरुलाई उपचार व्यवस्थाका लागि जीवनज्योति मा.वि. गुटुमा ५० वेडको आईसोलेसन सेन्टर कोरोना अस्पताल स्थापना गरिएको छ । चौकुने गाउपालिकाको विपद व्यवस्थापन कोषमा प्रकोप व्यवस्थापनको रु.५ लाख, प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्राप्त रु.१५ लाख, ईसाई समाजबाट सहयोग रु.२५ हजार, एल जी कन्टक्सन चौकुनेबाट रु.१० हजार ५५५, बातावरण सुधार समाज सुर्खेतबाट रु.३० हजार, सुन्दर नेपाल संस्थाबाट रु.३०,०००।, वेतन कर्णाली हाईडोपावर कम्पनी लिमिटेडबाट रु. ५०,०००। पुर्व मन्त्री हृदयराम थानीबाट रु. २५ हजार सहयोग प्राप्त भएको छ । गाउपालिकाबाट प्रकोप व्यवस्थापन कोषमा रु. ६१ लाख ९८ हजार ३ सय ४७ रकमान्तर गरी बजेट व्यवस्था गरिएको छ । आईसोलेसन सेन्टर निर्माणका लागि सामाजिक विकास मन्त्रालयबाट रु.९ लाख २० हजार र नेपाल सरकारबाट कोरोना नियन्त्रण तथा उपचारका लागि रु.२३ लाख बजेट प्राप्त हुंदैछ ।


त्यसैगरी स्वास्थ्य राज्यमन्त्री माननीय नवराज रावतले मास्क, सेनिटाईजर, ग्लोव्स, पिपिसेट लगायतका सामानहरु गाउपालिका तथा स्वास्थ्यचौकीहरुलाई प्रदान गर्नु भएको छ ।
कर्णाली प्रदेश उद्योग पर्यटन बन तथा वातावरण मन्त्री मा.नन्दसिंह वुढाज्यूले आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय नरेश भण्डारीज्यूको उपस्थितिमा खाद्यान्न सहयोग गर्नु भएको थियो ।
कोपिला भ्याली सेवा समाजबाट खाद्यान्न, स्वास्थ्य सामग्री र २ जना स्टाफ नर्स पठाई सहयोग भएको छ ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट एक जना डाक्टर पठाई सहयोग भएको छ ।
पुर्व सुचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टले सावुन दिई सहयोग गर्नु भएको छ ।
स्याक नेपाल, लक्ष्मी वैंक, बातावरण सुधार समाज संस्थाबाट स्वास्थ्य सामग्री प्राप्त भएको थियो ।
कोराना संक्रमण नियन्त्रण गर्न नगद, स्वास्थ्य सामग्री , खाद्यान्न, जनशक्ति पठाई सहयोग गर्ने सम्पुर्ण व्यक्ति तथा निकायलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
चौकुने गाउपालिकाबाट क्वारेन्टी स्थापनाका लागि कपडा, झुल, पिफर्म, स्वास्थ्य सामग्री तथा खाद्यान्न खरिद गरिएको छ ।
स्वास्थ्य सामग्री, झुल उपलव्ध गराउने, स्वास्थ्य व्यवस्थापन, राय परामर्श, आर डि टि लगायतका कार्य गरीरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत प्रति हार्दिक आधार व्यक्त गर्न चाहन्छु । पि सि आर परिक्षण गरी सहयोग गर्ने प्रदेश कोरोना प्रयोगशाला प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
क्वारेन्टाईन सञ्चालनका लागि खाद्यान्न सहयोग हाल सम्म कोरोना नियन्त्रण तथा उपचारका सन्दर्भमा अलपत्र परेका मानिसहरुलाई उद्धार गर्दा गाडी भाडा, क्वारेन्टीन व्यवस्थापन, स्वास्थ्य सामग्री खरिद, क्वारेन्टीन सामग्री खरिदमा रु.६८ लाख खर्च भएको छ ।
कोरोना संक्रमण फैलिन नदिन अहोरात्र खटिने पदाधिकारी र कर्मचारी प्रति हार्दिक सम्मान व्यक्त गर्दछु । समुदायस्तरमा संक्रमण फैलिन नदिन आम नागरिक समाजबाट भएको सहयोगको उच्च मुल्यांकन गर्दछु । आगामी दिनमा कोरोना संक्रमण फैलिन नदिन हामी सवैको रचनात्मक र सहयोगात्मक सहयोगको अपेक्षा गरेको छु ।
महामारीको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
कोरोना संक्रमण नियन्त्रण गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई खटिएको प्रति दिन का आधारमा न्युनतम ज्यालाको प्रति दिनको दरले भत्ता दिने नीति लिईएको छ ।
कोरोना संक्रमण नियन्त्रण गर्न खटिने पदाधिकारी र कर्मचारीहरुको कोरोना विमा गर्ने नीति लिएको छ ।
प्राथमिक तहको मगर भाषाको पाठ्यपुस्तक तयार गरिएको छ ।


वडा तथा गाउपालिकास्तरका महिला सञ्जालका सदस्यहरुलाई तालिम दिई सशक्तिकरण गरिएको छ ।
वडा नं. ४, ७ र ८ मा जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गरिएको छ ।
विद्यालय शिक्षाको गुणस्तर वढाउन सघन तथा नतिजामा आधारित अनुगमनको थालनी गरिएको छ ।
वृद्ध नागरिकहरुलाई आंखा अस्पतालको सहयोगमा आंखा उपचार गराईएको छ ।
छाउपडि प्रथा विरुद्धका अभियान सञ्चालन गरी छाउगोठ भत्काई सचेतना वढाईएको छ ।
गाउपालिकाका आफ्ना र भाडामा लिएका हेभी ईक्विपमेन्ट प्रयोग गरी गाउपालिकाभरका विभिन्न सडकहरुमा ३ करोड ८५ लाख वरावरको कार्य सम्पन्न भएको छ ।
न्यायिक समिति सचिवालय, ईजलासको स्थापना गरी कार्य सञ्चालन शुरु गरिएको छ ।
वडास्तरका योजनाहरु सम्पन्न गरी खानेपानी, सिचाई, सडक गोरेटो निर्माण जस्ता विभिन्न कार्यहरु मार्फत स्थानीय नागरिकहरुको दैनिक जीवनयापनमा सहयोग पुर्याईएको छ ।
तथापी हाम्रा चाहना, प्रतिवद्धता, लगावमा प्रतिकुलताले हामीलाई लक्ष्यमा पुग्न दिएन । विश्वव्यापी महामारी कोरोना संक्रमण र लकडाउनका कारण हामीले हाम्रा विकास निर्माणका काम अधुरा नै छाड्नु पर्ने स्थिति आई पर्यो । तै पनि कतिपय योजनाहरुमा हामीले सामाजिक दुरी कायम गराउदै काम गराई रहेका छौं । व्यवसाय दर्ता, टोलविकास संस्था गठन, विभिन्न तालिमहरु सञ्चालन लगायतका कार्यहरु हाम्रो मन मस्तिस्कमा मात्र सिमित भयो कार्यान्वयन गर्न सकिएन ।
(१०) अध्यक्ष महोदय,
अव म आगामी आ.व.०७७।०७८ को बजेट सिमा उल्लेख गर्ने अनुमति चाहन्छु ।
आन्तरिक आय २० लाख , नेपाल सरकार राजश्व वांडफांडबाट प्राप्त आय ९ करोड ३८ लाख ५८ हजार ४८० , नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान १० करोड २ लाख, कर्णाली प्रदेश सामानीकरण अनुदान १ करोड २ लाख ९६ हजार, कर्णाली प्रदेश सरकारबाट सवारी साधनको वांडफांड वापत प्राप्त हुने आय ६ लाख ७२ हजार गरी जम्मा २० करोड ७० लाख २६ हजार ४ सय ८० को बजेट सिमा प्रस्तुत गर्दछु ।
त्यसै गरी ससर्त अनुदान तर्फ १९ करोड ७५ लाख को बजेट सिमा रहेको छ । आगामी आ.व.मा निसर्त अनुदान र आन्तरिक आय गरी रु २० करोड ७० लाख २६ हजार ४ सय ८० र ससर्त अनुदान रु. १९ करोड ७५ लाख गरी कुल जम्मा ४३ करोड ८० लाख २६ हजार ४ सय ८० बरावरको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दछु ।
हाल हाम्रा सामु धेरै आवश्यकता छन् । सिमित स्रोत साधनको उचित उपयोग गरी हाम्रा प्राथमिकता प्राप्त योजनामा प्रभावकारी रुपमा कार्यान्वयन गर्नु नै हाम्रो कर्तव्य हो ।
(११) अध्यक्ष महोदय,
अव म आर्थिक वर्ष ०७७।०७८ को बजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्ने अनुमति चहान्छु ।
(१२) बजेटका उद्देश्यहरुलाई निम्नानुसार प्रस्तुत गर्न चाहन्छु ।
(क) कोभिड १९ रोकथाम, नियन्त्रण गर्ने,
(ख) विदेशबाट फर्केका नागरिकहरु तथा वेरोजगारी युवाहरुलाई रोजगारी प्रदान गर्ने,
(ग) भौतिक पुर्बाधारले सम्पन्न चौकुने निर्माण गर्ने,
(घ) आर्थिक समृद्धि गर्ने,
(ङ) जनताको जिवन स्तरलाई उन्नत पार्ने,
(च) मानव संशाधनको विकास गर्ने,
(ज) कृषिको व्यवासायीकरण तथा औद्योगिकरण गर्ने ।
(झ) सार्वजनिक सेवा प्रवाहको गुणस्तर वढाउदै सार्वजनिक उत्तरदायित्व सुनिश्चित गरी सुशासन कायम गर्ने ।
(१३) आर्थिक बर्ष ०७७।०७८ को बजेटका प्राथमिकताहरु निम्नानुसार प्रस्तुत गरेको छु ।
(क) कोभिड १९ रोकथाम, नियन्त्रण गर्न स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य परिक्षण व्यवस्था, क्वारेन्टीन, आईसोलेसन सेन्टरको व्यवस्थापन, स्वास्थ्य क्षेत्रका कोरोना नियन्त्रणको काममा अग्रभागमा खटिएका कर्मचारी प्रोत्साहन लगायतका कार्य गर्ने ।
(ख) विदेशबाट फर्केका नागरिकहरु तथा वेरोजगारी युवाहरुलाई रोजगारी प्रदान गर्न पालिकास्तरका आयोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका रोजगारी सिर्जना हुने कार्यक्रमका माध्यमबाट रोजगारी सिर्जना गर्ने ।
(ग) सडक, खानेपानी, सिचाई, उर्जा, विद्यालय भवन, स्वास्थ्य संस्था भवन, गाउपालिका तथा वडा कार्यालयका प्रशासनिक भवन जस्ता भौतिक पुर्वाधारको निर्माण गर्ने ।
(घ) कृषि, बन, जडिबुटी, पर्यटन र उद्योगको विकास गर्ने ।
(ङ) शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा लगानी गर्ने ।
(च) शान्ति सुरक्षा र सार्वजनिक सेवाको गुणस्तरमा बृद्धि गर्दै नागरिकलाई शुसासनको प्रत्याभुति दिलाउने ।
(छ) पछि परेका महिला, दलित, जनजाती अल्पसंख्यक, अपांगता भएका व्यक्तिहरुको समतामुलक सशक्तिकरण गर्ने ।
(ज) स्थानीय सरकार संचालन सम्बन्धि आवश्यक कानुनहरु निर्माण गर्ने ।
(झ) चौकुनेको डिजिटल मार्गचित्र तयार गर्ने ।
(ञ) प्रशासन संयन्त्र र जनशक्तिको कार्यदक्षता वढाउन प्रशासनिक व्यवस्थापन र क्षमता विकास गराउने ।
(१४) बजेटका उद्देश्य हासिल गर्न र प्राथमिकता कार्यान्वयन गर्न संघीय सरकार, कर्णाली प्रदेश सरकार, गैर सरकारी संस्था संग समन्वय, सहकार्य गरिनेछ । विकास निर्माणका योजनाहरु कार्यान्वयन गर्दा सार्वजनिक खरिद ऐन नियम बमोजिम बोलपत्र आव्हान, उपभोक्ता समिति लगायतका विधि मार्फत कार्यान्वयन गरिनेछ । सडक निर्माण कार्य गाउपालिकाका हेभि ईक्विपमेन्ट प्रयोग गरी कार्यविधि बमोजिम गरिनेछ ।
(१५) विकास निर्माणका काममा जनसहभागिता अभिवृद्धि गरी गुणस्तरीय कार्य सम्पादन र सामाजिक उत्तरदायित्व वहन गर्दै उपभोक्ता स्तरको योजनाहरुको दिगोपना, मर्मत सम्भारमा स्थानीय उपभोक्ताहरुलाई जिम्मेवार बनाईनेछ ।


(१६) विकासको साध्य समृद्धि हो । विकास गर्नु नै हाम्रो अन्तिम गन्तव्य हो । विकास जनताका लागि जनताको चाहानाको आधारमा गर्नु नै लोकतन्त्रको मर्म हो । लोकतान्त्रिक मुल्य मान्यता अनुसार विकासको अभियानमा सवै सरोकारवालाको सहभागिता गराई विकासमा नागरिक अपनत्व विकास गराईनेछ ।
(१७) स्थानीय सरकार सञ्चालनका लागि नेपालको संविधानले प्रदान गरेका अधिकारहरुको प्रयोग गरि आवश्यक थप नीति, नियम र कानुन निर्माण गरिनेछ ।
(१८) अभाव र गरीवीमा पिल्सीएका समूदायलाई स्वरोजगारमुलक कार्यक्रम र न्युनतम आधारभुत विकासका पूर्वाधारका माध्यमबाट सहयोग पुर्याईनेछ ।
(१९) हाम्रो समाजमा व्याप्त लैंगिक विभेदलाई अन्त्य गर्न छाउपडी प्रथा, बाल विवाह, बहुविवाह, विरुद्ध जनचेतनामुलक अभियान सञ्चालन गरिनेछ ।
(२०) सार्वजनिक प्रशासनलाई जनउत्तरदायी, छिटो छरितो र नतिजामुखी बनाई जनविश्वास वढाईनेछ ।
(२१) कर तिरौं विकासको दर वढार्औ भन्ने नारालाइ सार्थकता दिन स्थानीय स्तरमा कर संकलनमा सहयोग जुटाई आन्तरिक आम्दानीका दिगो श्रोतको विकास गर्दै लगिनेछ ।
(२२) स्थानीय विकास निर्माणका कार्यहरुमा स्थानीय वेरोजगारी व्यक्तिहरुलाई श्रम गर्न प्राथमिकता दिईनेछ ।
(२३) मानव सभ्यताको विकासका लागि अत्यावस्यक भौतिक पुर्वाधार विकासलाई प्राथमिकता दिई सवै वडाहरुमा यातायातको पहुंच विस्तार गरिनेछ ।
(२४) सामाजिक परिचालनका लागि वडाका विभिन्न टोल वस्तीहरुमा टोलविकास संस्था गठन गरिनेछ । टोल विकास संस्थामा आम नागरिकको आवद्धताको लागि खुला सदस्यता नीति लिईनेछ ।
(२५) लक्षित वर्गको शसक्तिकरणका लागि तिनीहरुको आर्थिक, सामाजिक, मानसिक, शारीरिक र साँस्कृतिक विकासलाई टेवा पुग्ने खालका कार्यक्रम र अभियानहरु सञ्चालन गरिनेछ, साथै लक्षित वर्ग मैत्री विकासको अवधारणा स्थापित गरिनेछ ।
(२६) समानता कायम गर्न पछि परेको वर्गलाई सकारात्मक विभेद गरी समतामुलक व्यवहार अपनाउदै त्यस्तो वर्गको शसक्तिकरणमा जोड दिईनेछ ।
(२७) जनताको जिवनस्तर सुधार गर्न व्यवसायिक सिपको जरुरी हुन्छ । स्वरोजगारमुखी विभिन्न सिपमुलक तालिम सञ्चालन गरी त्यस्ता व्यक्तिहरुलाई व्यवसायमा आवद्ध गराई वेरोजगारी न्युनीकरण गरिनेछ ।
(२८) गाउँपालिकाका सक्रिय उमेरका युवाहरुलाई स्वरोजगार बनाउने प्रकारका क्रियाकलाप सञ्चालन गरी सक्रिय जनशक्तिलाई गाउमा टिकाई गाउको विकासमा सहभागीता अभिवृद्धि गरिनेछ ।


(२९) गाउपालिकाका विषयगत शाखाहरुको क्षमता अभिबृद्धि गरि सेवा प्रवाहको गुणस्तर वढाउदै कृषि तथा पशुपालनमा कृषकहरुको आकर्षण वढाईनेछ ।
(३०) गाउँपालिकाको समग्र अर्थतन्त्रको विष्लेषण गरी त्यसमा निजि क्षेत्रको योगदानलाई गरीवी निवारण र रोजगारी सिर्जना तर्फ प्रेरित गरिनेछ ।
(३१) सार्वजनिक चासो र सरकारी कार्यालयको गतिविधि र सूचनालाई आम नागरिकको पहुँचमा राख्न सूचनाको हक प्रत्याभूति गरिनेछ ।
(३२) विभिन्न कला, संस्कृति र साहित्यको विकासका लागि आवश्यक योजना तयार गरि कला प्रेमी र साहित्य प्रेमीहरुलाई प्रोत्साहित गरिनेछ ।
(३३) चौकुनेका नागरिकलाई उद्यमशील र उत्पादनशील बनाउन आवश्यक नीति अवलम्बन गरिनेछ ।
(३४) उद्यमशीलता विकास गरी निजि क्षेत्रका उद्यमीहरुलाई सिप विकास, पूर्वाधार निर्माण, सेवा सहजीकरणका कार्यमा गाउपालिकाबाट सहयोग गरी एगदष्अि एचष्खबतभ एबचतलभचकजष्उ नीति अवलम्बन गरिनेछ ।
(३५) चौकुने गाउँपालिकामा बाहिरी लगानी भित्र्याउन लगानी मैत्री वातावरणका लागि आवश्यक नियम, कानुन तर्जुमा गरिनेछ ।
(३६) अन्तर स्थानीय तह समन्वय, सहकार्य र सह(अस्तित्वमा वढावा दिईनेछ ।
(३७) प्रदेश सरकार र संघीय सरकारसँग हाम्रो कार्यक्षमताको आधारमा र हाम्रो विशिष्टताको आधारमा विकासका लागि थप कार्यक्रम माग गर्न आवश्यक पहल गरिनेछ ।
(३८) चौकुने क्षेत्रभित्रका राष्ट्रिय र प्रादेशिक गौरबका बहुवर्षीय आयोजनाहरु सञ्चालन गरी चौकुनेको विकासमा थप योगदान पुर्याउन नेपाल सरकार, कर्णाली प्रदेश सरकार संग आवश्यक समन्वय सहकार्य गरिनेछ ।
(३९) चौकुने दिगो विकासको मुल आधार,शुसासन, समृद्धि र प्रसस्त पुर्वाधार भन्ने मुल नाराका साथ चौकुने सरकार सञ्चालन गरिनेछ ।
(४०) अध्यक्ष महोदय,
हाम्रा अनन्त विकासका आवश्यकता पुरा गर्न, कोभिड १९ को संक्रमण नियन्त्रण गर्न, स्वदेश भित्रिएका हाम्रा नागरिकहरुलाई रोजगारी सिर्जना गर्न सिमित बजेटबाट अत्यन्त कठिन छ । तथापि हामीले हाम्रा विकासका आवश्यकतालाई प्राथमिकीकरण गरी बजेटको परिधि भित्र रही समावेश गरेका छौं ।
(४१) समग्र चौकुनेको विकासलाई क्रमागत विकासको सिद्धान्तको आधारमा अघि बढाउने गरी बजेट विनियोजन गरेको छु ।


(४२) अध्यक्ष महोदय,
अब म क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।
आर्थिक विकास क्षेत्र
आर्थिक विकासका लागि रोजगारी र उत्पादन वृद्धि हुन आवश्यक हुन्छ । जनताको आर्थिक क्षमता वढाउन आम्दानी र वचत बढाउन आवश्यक हुन्छ । उर्वर भूमि भएको यस गाउपालिकामा कृषि उत्पादनमा जोड दिईनेछ । उपभोग तथा उत्पादन लागत घटाउन सहुलियत तथा सहजीकरणका कार्यक्रम सञ्चालन गरिनेछ । चौकुनेको आय जनतालाई न्याय भन्ने आदर्श अनुरुप सार्वजनिक स्रोतसाधन वितरणमा सवै सरोकारवालाको समान पहुंच र न्यायमा आधारित प्रणाली अवलम्वन गरिनेछ ।


कृषि
(४३) उन्नत खेती प्रणाली अपनाई उत्पादन बढाउन विउविजन वितरण गरिनेछ ।
(४४) तरकारी विकास कार्यक्रम सञ्चालन गरी वेमौसमी तरकारी उत्पादन गरी निकासी गरी मुद्रा आर्जन गर्न कृषकहरुलाई प्रोत्साहन र सहजीकरण गरिनेछ ।
(४५) फलफुल उत्पादनलाई अभियानका रुपमा प्रोत्साहन गर्न प्राविधिक सहजीकरण र फलफुलका विरुवा वितरण गरिनेछ ।
(४६) चौकुने गाउपालिकामा अर्गानिक कृषि उत्पादनलाई जोड दिईनेछ । चौकुनेलाई अर्गानिक भिलेजमा रुपान्तरण गर्न आवश्यक कार्यनिति अवलम्बन गरिने छ ।
(४७) चौकुने गाउँपालिकाको साल्म – कोइरालबास – रेक्चा – बागमारा – सिमलगैरा– धनरास जस्ता ठाउँहरुलाई वाख्रापालन तथा फलफुलको पकेट क्षेत्रको रुपमा विकास गर्न व्यावसायिक वाख्रा पालन र फलफुल खेती गर्न चाहाने कृषकहरुलाई आवश्यक प्रोत्साहन दिईनेछ । यसका लागि अन्तरसरकारी सह लगानी गरिनेछ ।
(४८) कृषि क्षेत्रको सम्भाव्यता अध्ययन गरी चौकुने गाउँपालिकाका कृषि योग्य जमिनहरुको संरक्षण सम्बद्धन गरिनुका साथै उक्त क्षेत्रहरुलाई उत्पादनशिलताको आधारमा उत्पादन पकेट क्षेत्र घोषणा गरी चौकुनेलाई कृषि आधुनिकीकरण र यान्त्रीकरण मार्फत औधोगिकरण गर्न आवश्यक रणनीति र कार्यनीति अवलम्बन गरिने छ ।
(४९) चौकुनेका प्रत्येक वडाहरुमा कृषकहरुका विभिन्न कृषि समुह गठन गरी व्यवसायिक क्षमता विकास गराउन तालिम, भ्रमण अवलोकन गराईनेछ ।
(५०) कृषकहरुका सिप, श्रम र मेहनतको व्ययवसायिक जोखिम न्युनीकरण गर्न कृषि विमा कार्यक्रम लागु गर्न अध्ययन गरी कानूनी व्यवस्था गरिनेछ ।
(५१) चौकुनेको बनजङ्गलमा छरिएर रहेका जडिवुटी प्रजातिका विरुवाहरुको संरक्षण गर्न जडिबुडी नर्सरी स्थापना गरि जडिवुटीका विरुवा वृक्षारोपण गरिनेछ ।
(५२) रासायनिक मल र रासायनिक विषादिलाई विस्थापन गर्न जैविक विषादी र कम्पोष्ट मल निर्माण र प्रयोगको नीति ल्याइने छ । साथै अर्गानिक तथा मनग्य उत्पादनका लागि जिरो बजेट नेचुरल फार्मिङ्ग, पद्धतीलाई अवलम्बन गर्न किसानलाई लगाइने छ ।
(५३) रैथाने बालीहरुको विउ संकलन गरी संरक्षण र विकास गर्न सम्वद्ध निकायसंग समन्वय गरी सहकार्य गरिनेछ ।

 

उद्योग तथा बाणिज्य
(५४) चौकुनेमा सञ्चालित परम्परागत घरेलु उद्योगहरुलाई आधुनिकीकरण गर्दै नागरिकहरुको पेशा व्यावसायलाई निर्वाहमुखीबाट उद्यममुखी बनाईनेछ ।
(५५) चौकुनेको धन – चौकुनेको बन को नारालाई सदुपयोग गर्दै चौकुनेवासी नागरीकलाई साच्चिकै बनका मालिक बनाउन, बन पैदावारमा आधारित उद्योगहरु स्थापना गर्न गराउन आवश्यक सहज कानूनी प्रवन्धका लागि संघिय सरकार र प्रदेश सरकारसँग पहल गरिनेछ ।
(५६) चौकुनेका विभिन्न बस्तिहरुमा दुना – टपरी उद्योग, सिन्का उद्योग, बेसार उद्योग, मैन उद्योग, सावुन उद्योग जस्ता उद्योगका लागि लगानी मैत्री वातावरण तयार गरिनेछ ।
(५७) राष्ट्रिय गौरवको चौकुने सिमेन्ट उद्योग छिटो स्थापना गराउन पहल गरिनेछ ।
(५८) चौकुने क्षेत्रभित्र आयमुलक उद्योग सञ्चालन गर्न चाहाने उद्यमी व्यावसायीहरुको क्षमता विकास तथा पूर्वाधार विकासका माध्यमबाट प्रोत्साहन गरिनेछ ।
पर्यटन
(५८) चौकुने गाउँपालिकाको पर्यटकीय क्षेत्रहरुको अभिलेख तयार गरी त्यस्ता ठाउहरुकोे आवश्यक स्तरोन्नती गर्दै चौकुने जाऊ ः मन रमाऔं अभियान सञ्चालन गरिने छ ।
(५९) चौकुनेका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गरिनेछ ।
(६०) जल पर्यटन र स्थल पर्यटनको प्रशस्त सम्भावना भएको चौकुने गाऊपालिकाको पूर्वाधार र सामाजिक विकासका माध्यमबाट समृद्ध बनाईनेछ ।
(६१) भेरी तथा कर्णाली नदिमा ¥याफ्टिङ सञ्चालन गर्न आवश्यक स्थानहरुमा सडक सञ्जाल विस्तार गर्ने निति अवलम्बन गरिने छ ।
(६२) चौकुनेका बन जंगलहरुको उचित विकास गरी जैविक विविधतालाई संरक्षण गरी जंगल सफारीका लागि आवश्यक पुर्वाधार तयार गर्ने नीति अवलम्बन गरिनेछ ।
(६३) परम्परागत मूल्य मान्यता संस्कृतिको संरक्षण र संम्वद्र्धन गरिनेछ ।


सहकारी
(६४) समाजवादउन्मुख अर्थ व्यवस्थाको जग बलियो बनाउन सहकारीको भूमिका महत्वपूर्ण हुने भएकोले सहकारी संस्थाहरुको संस्थागत क्षमता विकास गरिनेछ ।
(६५) सहकारी संस्थाहरुको नियमन, नियन्त्रण, सहजीकरण, अनुगमन र मूल्यांकन गरी “गाउगाउमा सहकारी घरघरमा भकारी” को भावना अनुरुप सशक्तिकरण गरिनेछ ।
(६६) कृषकहरुलाई कृषि तालिम, उन्नत जातका पशुपंक्षी, विउविजन, बोटविरुवा वितरण गरी उनीहरुको कृषि व्यावसायीकतालाई प्रबद्र्धन गरिने छ । त्यस्तो कार्यमा सम्वन्धित सहकारी संस्थाहरुलाई क्षमता विकास गराई कृषि उत्पादनलाई वढावा दिंदै उत्पादित वस्तुहरुको वजारीकरण गराई निर्यातमुलक कृषि व्यवसायको प्रवद्र्धन गरिनेछ ।
(६७) बढ्दो महंगीको मारबाट जनतालाई राहत दिलाउन टोल टोलमा सुपथ मुल्य पसल स्थापना गर्न प्रोत्साहन गरिनेछ ।
(६८) चौकुनेमा सञ्चालनमा रहेका सहकारी संस्थाहरुको कार्य सक्षमता, सेवा प्रवाह, वित्तिय अनुशासन जस्ता विषयमा अनुगमन गरी नियमन गरिनेछ ।
(६९) कृषि उत्पादन र रोजगारी अभिवृद्धि गर्ने प्रकृतिका उद्यम गर्न चाहने सहकारीहरुलाई विशिष्टीकृत सहकारी गठन गर्न प्रोत्साहन गरिनेछ ।
(७०) सक्रिय जनशक्तिलाई उत्पादनमुलक स्वरोगगारमुखी उद्यममा सहभागी गराउन वित्तिय स्रोतको आवस्यकता पुरा गराउन सहुलियतपुर्ण क्रण व्यवस्थाका लागि गाउपालिकाबाट सहजीकरण गरिनेछ । युवा उद्यमीहरुलाई स्वरोजगारमुलक उद्यम गर्न क्षमता विकास गराई सहकारी मार्फत सहुलियतपुर्ण क्रण दिलाउने व्यवस्था मिलाईनेछ । राष्टिय सहकारी र्वैकसंग सहकारी संस्थाले सम्झौता गर्ने व्यवस्था मिलाईनेछ । उत्पादनमुलक उद्यम गर्ने युवा उद्यमीको क्रणको व्याजको अंश गाउपालिकाबाट अनुदान दिईने व्यवस्था मिलाईनेछ ।


सामाजिक विकास क्षेत्र
सरकारले गर्ने हरेक गतिविधि समाजको सकारात्मक परिवर्तन र नागरिक खुशीका लागि गरिन्छ । चौकुने गाउँपालिकाको सामाजिक विकासलाई लोकतान्त्रिक मुल्य मान्यता अनुकुल सचेत, जागरुक र समुन्नत समाजको निर्माण गर्न नीतिगत तथा कार्यगत व्यवस्था मिलाईनेछ ।


शिक्षा
(७१) सामाजिक रुपान्तरणको बलियो आधार ज्ञान हो । शिक्षा क्षेत्र समाज परिवर्तनको पहिलो शर्त हो । विद्यालय शान्ति क्षेत्र र वन्द निषेधित क्षेत्र बनाउदै शिक्षण सिकाई क्रियाकलापको नियमितता र प्रभावकारीता बनाई हाम्रा कलिला बालवालिकाको भविष्य उज्ज्वल बनाउन हाम्रो प्रयास निरन्तर रहनेछ ।
(७२) कलिलो बाल मस्तिष्कमा ज्ञान, विवेक र संस्कारको विकास गराई सिर्जनशील, योग्य सकारात्मक मनोवृद्धिको विकास गराउन बालमैत्री शिक्षण सिकाई क्रियाकलापमा जोड दिईनेछ ।
(७३) गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षक दरवन्दी कमी र भौतिक पूर्वाधारको अभाव हाम्रो तितो सत्य हो । विद्यालयमा तत्कालका लागि स्वयंसेवक शिक्षक नियुक्ति गरी पठनपाठन नियमित गराउन आवश्यक बजेट विनियोजन गरेको छु ।
(७४) प्रारम्भिक बालविकास केन्द्रमा २० वर्ष देखि अत्यन्त न्युन पारीश्रमिकमा काम गर्न वाध्य भएका सहयोगी कार्यकर्ताहरुको मनोबल वढाउन प्रोत्साहन गरिनेछ ।
(७५) विद्यालयका प्रारम्भिक कक्षा व्यवस्थापन, बालविकास व्यवस्थापन, गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन, मगर भाषाको पाठ्यपुस्तक विकास तथा प्रकाशन, शैैक्षिक तथ्यांक भ्ःक्ष्क् व्यवस्थापन जस्ता कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
(७६) विद्यालय जाऔँ ( रमाई रमाई सिकौ भन्ने मुल आदर्शलाई सार्थक बनाउन विद्यालय जाने उमेरका सवै वर्ग, जाती, बर्ण र लिंगका बालबालिकालाई यसै अभियान अन्तर्गत शिक्षाबाट बञ्चित हुन नदिई विद्यालय सम्म पुर्याउन भर्ना अभियान सञ्चालन गरिनेछ । भर्ना अभियानको क्रममा विपन्न वर्गका बालबालिकाको शिक्षामा निरन्तरता दिन बालवालिकालाई सहयोग गर्ने व्यापारी, बुद्धिजिवी, चन्दादाता, शिक्षा प्रेमीलाई सम्मान गरिनेछ ।
(७७) अक्षर चिनौं निरक्षरता भगार्औ भन्ने अभियान सञ्चालन गर्न सरकारी तथा गैरसरकारी निकायसंग समन्वय गरिनेछ ।
(७८) चौकुने गाउँपालिकाका माध्यमिक विद्यालयहरुमा कक्षा ९ ( १२ मा प्राविधिक शिक्षा संचालनमा जोड दिनुका साथै स्वरोजगार, दक्ष जनशक्ति उत्पादन गर्नका लागि विशेष पहल गरिनेछ । यसका लागि प्रदेश सरकार र संघिय सरकारसँग समन्वय गरी बजेट व्यवस्थाका लागि पहल गरिनेछ ।
(७९) संघिय सरकार र प्रदेश सरकारसँग अधिकतम समन्वय गरी विद्यालयको शैक्षिक गुणस्तर र भौतिक विकासका लागि विद्यालय भौतिक पुर्वाधार सुधार कार्यक्रम संचालन गरिनेछ ।
(८०) प्राय सवै विद्यालयहरुमा भौतिक पुर्वाधार निर्माण गर्न आवश्यक छ । तत्कालको आवश्यकता र प्राथमिकताका आधारमा विद्यालयको भौतिक पूर्वाधार गर्न बजेट विनियोजन गरेको छु ।
(९०) प्रस्तावित कृषि क्याम्पस गुटु को लागि जग्गा खरिद गरी भवन निर्माणको कार्य शुरु गरि स्थापाको लागि पहल गरिनेछ । प्रस्तावित नरहरीनाथ बन विज्ञान क्याम्पस तोश्रा स्थापनाका लागि आवश्यक पहल गरिनेछ ।
(९१) विपन्न दलितका छात्र छात्राहरुलाई विद्यालय शिक्षाको अध्ययनको लागि दलित छात्रबृत्ति नियमित रुपमा वितरण गरिने छ ।
(९२) चौकुने गाउँपालिकामा रहेका सम्पुर्ण विद्यालयका शिक्षक तथा कर्मचारीहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरिनेछ ।
(९३) कक्षा ३ का विद्यार्थीहरुको उपलव्धि परीक्षा सञ्चालन तथा विष्लेषण गरी नतिजाको आधारमा कमजोरी सुधार गर्दै शिक्षण सिकाई क्रियाकलाप सुधार गर्ने अभियान सञ्चालन गरिनेछ ।
(९४) दलित तथा विपन्न समुदायका महिलाहरुलाई सरकारी तथा सार्वजनिक सेवामा पहुँच बृद्धिका लागि लोकसेवा तथा अन्य सार्वजनिक सेवाको तयारीका लागि कक्षाहरु सञ्चालन गरिने छ । यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
(९५) चौकुनेका १० ओटै वडाका विद्यालयहरुलाई क्रमशः पक्कि पर्खालले घेर्ने नीतिलाई निरन्तरता दिएको छु ।
(९६) नयाँ शैक्षिक सत्र सँगै विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक वितरणको कार्यक्रमलाई अझ व्यवस्थित, सुविधायुक्त र पारदर्शी बनाईनेछ ।
(९७) बाबुआमा र अभिभावकको अभाव र गरिवीका कारण पढ्न पाउने अधिकारबाट वञ्चित हुन नपरोस भन्ने अभिप्रायले गरिव, विपन्न, असहाय, अशक्त, अपांग टुहुरा बालबालिकालाई आवासीय सुविधा सहितको छात्रावास र बालगृह स्थापना सान्नेघारीमा चालु आ.व.मा स्थापना गरी पठन ( पाठन अगाडी बढी रहेकोमा यसलाई थप आवश्यक प्रबन्धका लागि पहल गरिने छ ।
(९९) विद्यालय शिक्षा कार्यक्रम र शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि नतिजा मुलक अनुगमन तथा सुपरीवेक्षण गरिनेछ ।
कोभिड १९ संक्रमणको जोखिम र लकडाउन रहन्जेल घरमा नै बालवालिकाले अध्ययन गर्ने वातावरण सिर्जना गरिनेछ ।


युवा तथा खेलकुद
(१००) बच्चा र बृद्धको साथमा जिम्मेवारी युवाको काँधमा भन्ने मुल उद्घोषकासाथ समाजको जिम्मेवारी बोकेका युवाहरुको सर्वपरी हितका लागि चौकुने सरकारले युवा शसक्तिकरणको अभियान सञ्चालन गर्नेछ ।
(१०१) चौकुनेका सम्पुर्ण युवाहरुलाई उद्यमशील बनाई स्वरोजगार बनाउन एक युवा ( एक सिप को नीति अवलम्बन गरिने छ । यसका लागि विभिन्न सिपमुलक र युवा अभिमुखिकरण तथा जीवन रुपान्तरण सम्बन्धि गतिविधिलाई प्राथमिकता दिईनेछ ।
(१०२) युवाका लागि खेलकुद जीवन रुपान्तरणको एक महत्वपुर्ण साधन हो । त्यसैले चौकुनेका युवाहरुलाई खेल जगतमा समाहित गर्न गठिन चौकुने युवा तथा खेलकुद समिति मार्फत सिर्जनात्मक गतिविधि सञ्चालन गरिनेछ ।
(१०३) श्रमलाई सम्मान गर्दै कामका लागि नगद, प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका कार्यक्रममा युवा परिचालन गरिनेछ । महिनामा कम्तीमा एक दिन सार्वजनिक स्थानमा श्रमदान गर्ने नीतिलाई शुरुवात गरिनेछ ।
(१०४) युवाहरुलाई सामाजिक सेवाको बास्तविक भाव पढेर र भोगेर बुझ्नुपर्छ भन्ने सामुहिक भावना जागृत गराउन विभिन्न सामाजिक अभियानहरु जस्तै निरक्षरता उन्मुलन, सामाजिक भेदभाव विरुद्ध जनचेतना, बृक्षारोपण र वातावरण संरक्षण जस्ता अभियानहरु सञ्चालन गर्न युवा परिचालन गरिनेछ ।
(१०५) चौकुने गाउँपालिकाका विभिन्न स्थानमा खेलकुद मैदानको संरक्षण गरिनेछ । खेलकुद सञ्चालन गर्न खेलमैदानहरुको विकास गर्दै लगिनेछ । चौकुने ८ मा चौकुने खेलग्राम निर्माण गरिनेछ । त्यसका लागि नेपाल सरकारबाट प्राप्त रकममा आवस्यक थप बजेट विनियोजन गरिने नीति लिईएको छ ।

 

स्वास्थ्य

(१०६) स्वास्थ्य धनम् सर्व धनम् प्रधानम् भन्ने श्लोकको मुल मर्मलाई आत्मसात गर्दै चौकुनेका नागरिकको स्वास्थ्यलाई चौकुने विकासको सर्वोपरी सुचकका रुपमा लिईनेछ । साथै नागरिकको स्वास्थ्यलाई ध्यानमा राखि हरेक स्वास्थ्य चौकीमा राज्य द्धारा प्रदान गरिएको निशुल्क औषधी वितरणको कार्यक्रमलाई अझ व्यवस्थित, भरपर्दो र सुविधामुखी बनाईनेछ ।
(१०७) प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गर्ने संघीय सरकारको कार्यक्रम अनुरुप यस वर्ष वडा नं.१, वडा नं. ५, वडा नंं ६, वडा नं. ७ र वडा नं. ९ का स्वास्थ्य चौकीहरुको भवन निर्माण तथा सेवा सञ्चालन गरिनेछ ।
(१०८) हामीले चौकुनेको विजौरामा अस्पताल निर्माण गर्ने निर्णय गरेका छौं । जसका लागि अस्पताल स्थापना पूर्व तयारी समिति गठन गरि सकिएको छ । यस वर्ष अस्पताल निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारसंग आवश्यक समन्वय गरी भवन निर्माण तथा सेवा सञ्चालनका लागि काम अगाडि वढाईनेछ ।
(१०९) चौकुनेका जेष्ठ नागरिकलाई एकीकृत घुम्ती शिविरमा स्वास्थ्य सेवा उपलव्ध गराउन आवश्यक प्रवन्ध गरिनेछ । जेष्ठ नागरिक परिचय पत्र वितरणको व्यवस्था पनि मिलाएको छु ।
(११०) स्वास्थ्य वीमाका लागि जनचेतना अभिवृद्धि गरिनेछ । अपांगता भएका नागरिकहरुको स्वास्थ्य वीमाका लागि ५० प्रतिशत अनुदान गाउपालिकाबाट दिईने गरी बजेट विनियोजन गरेको छु ।
(१११) अपाङ्ग परिचय पत्र वितरणको लागि गाउँपालिका बाटै परिचय पत्र वितरणको कामलाई व्यवस्थित ढंगले अगाडी बढाईने छ ।
(११२) चौकुनेका वर्थिङ्ग सेन्टर मा सुविधा विस्तार गरी भरपर्दो सेवा मिलाईनेछ ।
(११३) स्वास्थ्य ईकाईमा कार्यरत कर्मचारीलाई खटाइ स्वास्थ्य सेवा तर्फ उत्प्रेरित गराई सेवाको गुणस्तर वढाई जनविश्वास बढाउन आवश्यक कार्य गरिनेछ ।
(११४) सुत्केरी महिलाहरुलाई कुपोषणबाट मुक्त गराउन र सुत्केरीको स्वास्थ्य अवस्था नविग्रीओस भनी सतर्कता अपनाउन सन्देश र संरक्षणका लागि उपाध्यक्ष कोसेली भेट कार्यक्रम राखेको छु । जसको लागि प्रति सुत्केरी रु. १००० को पोषण सामग्री खरिद गरी उपलव्ध गराउन बजेट व्यवस्था गरको छु ।
(११५) गुटुमा सञ्चालित एम्बुलेन्स सेवालाई क्रमशः चौकुनेका प्रत्येक वडामा सजिलै पुग्ने गरी सडक सञ्जाल विस्तार गरिने छ । आवश्यकता अनुसार क्रमशः थप एम्बुलेन्सको व्यवस्था गरिने छ । र साथै पश्चिम क्षेत्रलाई ध्यानमा राखि वासपानी स्वास्थ्य चौकीमा एम्बुलेन्स व्यवस्था गरिनेछ ।
(११६) स्वास्थ्य चौकी नभएका वडामा स्वास्थ्य चौकी भवन निर्माण गरी सेवा सञ्चालन गरिनेछ । चौकुनेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन औषधी स्टोर कक्ष र ल्याब सेवा व्यवस्थापन गरिनेछ ।
(११७) प्राकृतिक सम्पदाले भरिपूर्ण यस गाउपालिकामा जडिवुटीको प्रशस्त सम्भावना रहेको छ । जडिवुटि उत्पादनलाई व्यवसायको रुपमा अपनाई स्वरोजगारी वृद्धि हुने सम्भावना देखि चौकुने क्षेत्रभित्र उपयुक्त स्थानमा एक जडिबुटी नर्सरी स्थापना गरिने छ । जसको लागि यस आ.ब. मा आवश्यक बजेट विनियोजन गरेको छु ।
(११८) आयुर्वेद तथा प्राकृतिक चिकित्साको प्रचार प्रसार तथा स्थानीय जडिवुटिको पहिचान, विकास र सदुपयोग गरी आम नागरिकको जनस्वास्थ्यमा सहयोग गर्न गाउपालिकामा आयुर्वेद शाखा स्थापना गरी आवश्यक औषधी, जनशक्ति र उपकरणको व्यवस्था गर्न बजेट विनियोजन गरेको छु ।
(११९) योग गरौं स्वास्थ्य बनौ भन्ने मुल नाराका साथ योगलाई प्राथमिकता दिई शुद्ध आचरण, आहार विहारलाई हाम्रा दिनचर्याका अंग बनाउने अभियान क्रमशः अवलम्वन गरिनेछ । स्वास्थ्य सम्बन्धि जनचेतना मूलक कार्यक्रम ल्याउनका साथै हाँसौ, हसाऔँ र स्वस्थ बनौं भन्ने नारालाई सार्थक बनाउन टोल ( टोलमा “लाफिङ्ग क्लव” स्थापना गर्ने नीति अबलम्बन गरिने छ । चौकुने हास्य चुट्किला पुस्तक प्रकाशन गरि घर घरमा वितरण गरिनेछ ।
(१२०) स्वास्थ्य चौकी टाढा रहेका वस्तीका नागरिकलाई आधारभुत स्वास्थ्य सेवा उपलव्ध गराउन स्थापना गरिएका सामुदायिक स्वास्थ्य ईकाई धनरास, लगाम, शोभानचौर, पुच्मा, कोईरालवास, राग, कुमालाको सेवा प्रवाहमा उचित व्यवस्थापन गरिनेछ ।
(१२१) कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री तथा औषधी व्यवस्था गरिनेछ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि वडा तथा समुदायस्तरमा विपद व्यवस्थापन समिति, टोली गठन गरी जनचेतना अभिवृद्धिका अभियान सञ्चालन गरिनेछ ।


भाषा, धर्म र संस्कृति
(१२२) आदिवासी, जनजाती र अल्पसंख्यक समुदायको भाषा संस्कृति र परम्परालार्ई वढावा दिन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
(१२३) विभिन्न सम्प्रदायको कला, संस्कृतिको संरक्षण सम्बद्धन र प्रवद्धन गर्न आवश्यक कार्यक्रमहरु तय गरिने छ ।
(१२४) मगरहरुको संस्कृतिमा आधारित माघी पर्व मनाउन आवश्यक सहयोग गरिनेछ । मगर भाषाको प्रवद्र्धनका लागि नीति निर्माणमा सहयोग पुर्याउन विज्ञको सहजीकरणमा गोष्ठि सञ्चालन गरिनेछ । विद्यालय शिक्षाको आधारभुत तहको लागि मगर भाषाको पाठ्यक्रम निर्माण गरिनेछ । राजी संग्रहालय अपुरो भवन सम्पन्न गरी संग्रहालय सञ्चालन गरिनेछ ।
(१२५) स्थानीय पर्व, जात्रा, मेलाहरुलाई बैज्ञानिक रुपले व्यवस्थापन गर्न ति परम्पराहरुको आवश्यक अध्ययन गरी गराई त्यसले दिने सामाजिक प्रभाव मूल्यांकनको सुझावको आधारमा व्यवस्थित गरिनेछ ।


सामाजिक समाबेशिकरण
(१२६) चौकुनेमा प्राविधिक शिक्षा प्रदान गर्न विद्यालयहरुमा पुर्वाधार विकासमा सहयोग गरिनेछ ।
(१२७) जातीय भेदभावमुक्त समाज निर्माणका लागि छुवाछुत र सामाजिक कुरीतिका विरुद्ध जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
(१२८) सामाजिक विभेद, घरेलु हिंसा, छुवाछुत विरुद्धका अभियान सञ्चालन गरिनेछ । न्यायको पहुंच सम्म पुग्न नसक्ने लाई न्यायिक पहुंचका लागि सहयोग प्रदान गरिनेछ ।
(१२९) विकासका हरेक क्षेत्रमा लक्षित वर्गमैत्री विकास नीति अवलम्बन गरिने छ ।
(१३०) छोरी सुरक्षा कार्यक्रमलाई प्रभावकारी र दिगोपन दिनका लागि प्रदेश सरकारसंग समन्वय गरी वैंक खाता छोरीको सुरक्षा जीवन भरीको कार्यक्रम सञ्चालन गरिनेछ । साथै वढीमा २ ओटा छोरी जन्माएर बन्ध्याकरण गर्ने परीवारलाई सम्मान तथा पुरस्कारको व्यवस्था गरिनेछ ।
(१३१) धर्मका आधारमा कोही कसैलाई भेदभाव हुन दिईने छैन । समाजमा धार्मिक सहिष्णुता कायम गरी समृद्ध समाज निर्माण गरिनेछ ।
(१३२) महिलाहरु आफैमा आत्मनिर्भर वन्नका लागि विभिन्न किसिमका सिप तथा क्षमता विकासका कार्यक्रमहरु गरिनेछ । महिला शसक्तिकरणका लागि विभिन्न प्रकारका क्षमतामुलक कार्यक्रमहरु सञ्चालन गरिनेछ । अत्यन्त कठिन परिस्थितिमा परेका महिलाहरुलाई उद्धार र सहयोगका लागि महिला सञ्जाल,आमा समूह, सहकारी संस्था, गैरसरकारी संस्थाको क्षमता विकास गरी महिला शसक्तिकरणका कार्यक्रममा त्यस्ता संस्थालाई क्रियाशील गराईनेछ ।
(१३३) सामाजिक समावेशीकरणका कार्यक्रम लागत साझेदारीमा सञ्चालन गर्न चाहने गैर सरकारी संस्थाहरुको प्रस्तावना लिई सहलगानीमा कार्यक्रम सञ्चालन गर्न सकिनेछ ।


श्रम तथा रोजगार
(१३४) चौकुने गाउँपालिकामा हरेक नागरिकको जीवनस्तर उन्नतीको लागि श्रम तथा रोजगारको उचित वातावरण निर्माण गर्न आवश्यक रणनीति तयार गरिनेछ ।
(१३५) युवा स्वरोजगार कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखि उद्यमसिल युवाका लागि लगानीमैत्री वातावरण तयार गरिने छ ।
(१३६) सबै प्रकारका श्रमहरुलाई सम्मान गर्ने परिपाटीको विकास गर्न श्रम सम्मान कार्यक्रम लागु गरिने छ । साथै श्रम प्रतिको सकारात्मक सोच विकास गर्न चौकुने सरकारले चौकुने गाउँपालिका अन्तर्गत जनप्रतिनिधि तथा कर्मचारीहरु महिनाको १५ गते श्रम दिवस मनाउने अभियान सञ्चालन गरिनेछ । उक्त अभियानमा चौकुने सरकारका जनप्रतिनिधि, कर्मचारी , नागरिक, बुद्धिजीवि, संघ संस्था र अन्य सरोकारवाला पक्षहरुलाई समाहित गरिने छ ।


वित्तिय क्षेत्र
(१६९) चौकुने गाउँपालिकाको वित्तिय क्षेत्रलाई उत्पादनशिल लगानीमैत्री बनाउन विभिन्न वित्तिय संघ सस्थाहरु सञ्चालनका लागि आवश्यक पहल गरिनेछ ।
(१७०) चौकुने गाउँपालिकाको वित्तिय कोषलाई जनताको उच्चतम हितमा प्रयोग गर्ने र निजि क्षेत्रको पुँजीलाई पनि उत्पादनमुलक काममा लगानी गर्न प्रोत्साहन गरिनेछ ।


पूर्वाधार विकास क्षेत्र
विकासको आधारभुत तहको रुपमा रहेको पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । पूर्वाधारको विकास विना हामीले जनताको मुहारमा खुशी देख्न नसकिने कुरा महसुस गरि सकेका छौं । परम्परागत जीवनशैलीमा सुख सुविधा दिन पूर्वाधारको महत्वपूर्ण भूमिका हुने हुंदा हामीले पूर्वाधार विकासलाई विकासको मेरुदण्डको रुपमा लिएका र्छौ ।


सडक तथा पुल
१७१) फराकिला सडक भएको भविष्यको चौकुने सहर
आधुनिक मापदण्डका सडक बनाउने हाम्रो रहर
यस गाउपालिकामा सडक निर्माण कार्यलाई अभियानका रुपमा अगाडि वढाईनेछ । आप्mनै स्वामित्वका र भाडामा लिएका हेभि इक्वीपमेन्ट प्रयोग गरिनेछ । हेभी ईक्विपमेन्ट प्रयोग गरी वडा तहको सडक विकास समिति समेतको सहयोगमा गरिदै आएको सडक निर्माण कार्यलाई निरन्तरता दिईनेछ ।
(१७२) गाउपालिका र वडा कार्यालय जोड्ने सडक तथा सहायक सडकहरुको स्तरोन्नती गरी वर्षायाममा समेत सवारी आवागमन हुन सक्ने गरी सडक निर्माण कार्य अघि वढाईनेछ ।
(१७३) चौकुने गाउपालिकाको गौरवको योजना लेकाली पर्यटकीय सडक साल्म ( रेक्चा – धनरास हुँदै वेनीघाट लाई प्रदेश सरकारसंग आवश्यक समन्वय र पहल गरिनेछ ।
(१७४) मदन भण्डारी राजमार्गको विजौरा, बेतान लगाम खण्ड बाह्रैमास गााडी चल्न सक्ने गरी सडक ग्राभेल गरिनेछ ।
(१७५) किथौर, विजौरा र पोखरेको झोलुंगे पुल निर्माण गरिनेछ ।


सिचाई
(१७६) ठुला सिंचाई आयोजना सञ्चालन गर्न प्रदेश सरकार र संघीय सरकारसंग समन्वय तथा सहकार्य गरिनेछ । गाउ पालिकास्तरबाट समेत सिचाईका गौरवका आयोजना सञ्चालन गरिनेछ ।
(१७७) साना सिंचाई योजनाहरु उपभोक्ता समितिको संलग्नतामा निर्माण गराई स्थानीय जनसहभागीता र अपनत्व वृद्धि गर्दै सिंचाई हुने क्षेत्र विस्तार गरी कृषि उत्पादन वृद्धि गराईनेछ ।
(१७८) प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रमका कार्यक्रमहरु कार्यान्वयन गर्दा सिंचाई र सडकका पक्की नाला निर्माणका योजनाहरु छनौट गरि कार्यान्वयन गरिनेछ ।

 

भवन तथा शहरी बिकास
(१७९) सुरक्षित व्यवस्थित भुकम्प प्रतिरोधी र वातावरण मैत्री भवन निर्माण गर्नका लागि भवन सँग सम्बन्धित ऐन, नियम, भवन संहिता, मापदण्ड र निर्देशिकाहरु तयार गरी कार्यान्वयनमा ल्याईने छ ।
(१८०) चौकुनेमा छरिएका बस्तीहरुलाई एकिकृत गर्नका लागि तिनिहरुको सम्भाव्यता अध्ययन सहितको प्रतिवेदन तयार गर्न एकिकृत बस्ती विकास समिती गठन गरी सम्भव भएसम्म प्रतिवेदनको आधारमा आगामी आ.ब. बाट एउटा नमुना बस्ती निर्माणका लागि आवश्यक पहल गरिने छ ।
(१८१) व्यवस्थित शहर ( हाम्रो रहर भन्ने मुल नाराका साथ मदन भण्डारी राजमार्गको गुटु खण्ड ३० मीटर तथा अन्य सडक १० मिटर र भित्रि सडक ८ मिटर कायम गर्ने कार्यलाई क्रमशः कार्यान्वयन गर्दै लगिनेछ ।
(१८२) गाउपालिका क्षेत्रका सडकका नाला निर्माण र पैदल यात्रु पथको मापदण्ड लागु गरिनेछ ।
(१८३) सडक नाला निर्माण, सडकका खाल्डाखुल्डी पुर्ने, वृक्षारोपण गर्ने लगायतका उपभोक्ता समितिबाट गरिने कार्यमा वेरोजगार व्यक्तिहरुलाई खटाईनेछ ।
(१८४) हरित सडक पेटीको कल्पना साकार पार्न सडक छेउमा वृक्षारोपण गर्ने कार्यलाई शुरुवात गरिनेछ ।

 

उर्जा तथा लघु जलविद्युत
(१८५) लघु जलविद्युत र सोलार उर्जाको आयोजनाको सम्भाव्यता अध्ययन गर्ने, सम्भाव्य योजनाहरुमा सोलार प्रविधि जडान गरी भेरी र कर्णाली नदिको विचमा रहेको यस गाउँपालिकामा सिचाई र खानेपानी सेवा विस्तार गरिनेछ ।
(१८६) जलस्रोतको प्रचुर स्रोत भएका ठाउमा लघु हाईड्रो योजनाहरुको सम्भाव्यता अध्ययन गरिनेछ । यस वर्ष रेवती जलविद्युत आयोजना, टुनीखोला लघु जलविद्युत आयोजना, वसेरीखोला जलविद्युत आयोजना, घोक्रेखोला लघु जलविद्युत आयोजना, सञ्चालन गर्न वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसंग को लागत साझेदारीमा सम्पन्न गरिनेछ ।
(१८७) वडा नं. ३ को दहताल लघु जल विद्युत आयोजना र वडा नं. १ को काप्रापानी लघु जलविद्युत आयोजना आगामी आ.व.मा सम्पन्न गर्ने गरी आवश्यक बजेट विनियोजन गरेको छु ।
(१८८) न्युन आयस्रोत भएका ग्रामीण क्षेत्रका भान्साहरु लाई धुवारहित बनाउन गोवरग्यांस प्लान्ट बनाउने योजनालाई निरन्तरता दिईनेछ ।
(१८९) चौकुनेलाई राष्ट्रिय प्रशारण लाईनसँग जोड्न र पुच्मा तथा रेक्चामा बनिरहेको नेश्नल ग्रिडलाई स्थापना गर्न नेपाल सरकार र कर्णाली प्रदेश सरकारसँग आवश्यक समन्वय गरिने छ ।
सञ्चार
(१९०) चौकुेन गाउपालिका क्षेत्रका सवै स्थानमा मोवाईल फोन सेवा विस्तार गर्न नेपाल टेलिकमसंग समन्वय गरिनेछ ।
(१९१) गाउपालिका अन्तरगतका निकाय तथा कार्यालयहरुमा ईन्टरनेट सेवा लाई भरपर्दो बनाईनेछ ।
खानेपानी
(१९२) चौकुने गाउँपालिका वडा नं. ६,७ र ८ को खानेपानीको समस्यालाई समाधान गर्नेगरी झ्यालेकाँडा खानेपानी योजना निर्माण सम्पन्न गरिनेछ । साथै वडा नं. ७ को निर्माणाधीन सान्नेघारी लिफ्ट खानेपानी आयोजना सम्पन्न गराईनेछ ।
(१९३) चौकुने वडा नं. ९ र १० साविकको घाटगाउँ को खानेपानीको समग्र समस्यालाई समाधान गर्न खानेपानी आयोजना सम्पन्न सम्पन्न गरिनेछ ।
(१९४) गाउपालिकास्तरका निर्माणाधीन घाटगाउ वृहत खानेपानी आयोजना, झ्यालेकांडा खानेपानी आयोजना, घुतघुते खानेपानी आयोजना, वांसपानी खानेपानी आयोजना, बोला खानेपानी आयोजनाहरु आगामी आ.व.मा सम्पन्न गरिनेछ ।
(१९५) रेक्चा पुच्मा लिफ्ट खानेपानी आयोजना, खानेपानी आयोजना वडा नं. ४ र ५, तिमिलारुख खानेपानी आयोजना वडा नं १ आगामी आ.व.मा निर्माण सम्पन्न गर्ने गरी अगाडि वढाईनेछ ।
(१९६) वसन्ते लिफ्ट खानेपानी आयोजनालाई सहलगानी मार्फत अगाडि बढाईनेछ ।
(१९७) कुमाला लिफ्ट खानेपानी र लगाम खानेपानीको सम्भाव्यता अध्ययन गरिनेछ ।
(१९८) वडास्तरमा खानेपानीका योजनाहरु सञ्चालन गरी खानेपानी समस्या समाधान गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।


भुमि व्यवस्था
(१९९) चौकुने गाउँपालिकामा रहेको भुमिलाई व्यवस्थित गर्न बैज्ञानिक भु – उपयोग निति अवलम्बन गरिनेछ । जस अनुसार भुमिलाई कृषि क्षेत्र, आवास क्षेत्र, व्यापारिक क्षेत्र, औधोगिक क्षेत्र र बन जंगल क्षेत्रमा विभाजन गरी सोही अनुसार भुमीको उपभोग गर्ने गराउने नीति अवलम्बन गरिने छ ।
(२००) चौकुनेका अधिकांश जनताले उपभोग गर्दै आएका भुमिहरु अस्थायी प्रकृतिका भएकाले तिनिहरुलाई स्थायी गरी करको दायरामा ल्याउन संघीय र प्रदेश सरकारसँग नागरिकले भोगचलन गरेका भुमिलाई स्थायी बनाउनका लागि यथासक्य चाँडो भुमि नापजाँचको व्यवस्था मिलाई चौकुने सरकारलाई आवश्यक सहयोगको लागि माग गरिनेछ ।
(२०१) चौकुनेका जनताले भोगचलन गर्दै आएको जग्गा जमिनको मोहीयानी हकको आधारमा लालपुर्जा वितरण गर्ने व्यवस्थाका लागि आवश्यक पहल गरिनेछ ।
(२०२) जग्गा बाँजो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जग्गाको जग्गाधनिले अनिवार्य कुनै न कुनै तरिकाले जग्गाको वर्गिकरण अनुसार उपभोग गर्नुपर्नेछ । अन्यथा त्यस्ता जग्गाधनी र जग्गाहरु चौकुने गाउँपालिकाले सुचना जारी गरी उत्पादनशिलतामा लाग्न र लगाउन बाध्यात्मक नीति अवलम्बन गर्नेछ ।


हवाई यातायात
(२०३) प्रत्येक वडामा आकस्मिक हेलीकप्टर अवतरणका लागि ठाउँ छुट्याई उक्त ठाउँलाई हेलीकप्टर बस्न सक्ने पुर्वाधारको रुपमा विकास गरिनेछ । चौकुने गाउँपालिका क्षेत्रभित्र एयरपोर्ट सञ्चालनका लागि आवश्यक सम्भाव्यता अध्ययन गरी त्यस्तो ठाउँ एयरपोर्टका लागि छुट्याई संरक्षित गरिनेछ ।


मिसिनरी तथा औजार
(२०४). श्रोत र साधनले सम्पन्न गाउँपालिका निर्माणको महान अभियान अन्तर्गत विकास र सेवा प्रवाहको गतिलाई दिन दोगुण र रात चौगुणाको हिसावले अगाडी बढाउन गाउँपालिकाले आफ्नै स्वामित्वका हेभी इक्विपमेन्टबाट सडक निर्माण गर्ने कार्यको निरन्तरता दिंदै बजेट विनियोजन गरेको छु ।
(२०५) खरिद गरिएका हेभी इक्युमेन्टको रेखदेख, सम्वद्धन, संरक्षण र परिचालन गर्नका लागि जनशक्ति र संरचनाको क्षमता विकास गरी व्यवस्थित गरिनेछ ।


सञ्चार
(२०६) जनताको विचार ( सुचना र संचार भन्ने नारालाई यथार्थपरक बनाउन चौकुने गाउँपालिका क्षेत्रभित्र नेपाल टेलीकमको ल्याण्ड लाईन जडान, मुवाईल टावर विस्तार र इन्टरनेट टावर विस्तार गर्नका लागि आवश्यक पहलकदम गरिने छ ।
(२०७) चौकुनेका १० ओटै वडालाई इन्टरनेट सञ्जालमा आवद्ध गर्न प्रदेश सरकार र केन्द्रिय सरकारसँग आवश्यक समन्वय गरी सूचना तथा सञ्चारलाई व्यवस्थित गराईनेछ ।


वातावरण तथा विपद व्यवस्थापन
(२०८) हरीयो बन चौकुनेको धन भन्ने मुल नाराका साथ चौकुनेको आर्थिक समृद्धिलाई टेवा पु¥याउन र दिगो विकासको अवधारणालाई आत्मसाथ गर्दै बन तथा वातावरण क्षेत्रको संरक्षण, सम्बद्धन गरिनेछ ।
(२०९) स्वच्छ भए वातावरण स्वच्छ हुन्छ जीवन भन्ने अभिप्रायका साथ बन वातावरण संरक्षण, संबद्धन, सदुपयोग र उपभोग सम्बन्धि आवश्यक नीति, नियम र कानुन बनाईनेछ । चौकुने क्षेत्रभित्रका वोट विरुवा, पशुपंक्षी लगायत अन्य जैविक विविधताको अध्ययन अनुसन्धान अभिलेखीकरण गरी यसको बैज्ञानिक व्यवस्थापनलाई ध्यान दिइनेछ ।
(२१०) हरित चौकुनेको नारालाई सार्थक रुप दिन प्रत्येक वडाका नर्सरीहरुलाई अझ व्यवस्थित गर्दैै नांगा डाडापाखाहरु र आफ्नै घर आगनमा एक घर ५१ विरुवा बृक्षारोपणको अभियान सञ्चालन गरिने छ ।
(२११) चौकुने क्षेत्रभित्रका सामुदायीक बन उपभोक्ता समितिहरुलाई नियमन र अनुगमन गरी उनीहरुको कोषमा भएको बजेटलाई चौकुने समृद्धिको क्षेत्रमा लगानी गर्न निर्देश गरिनेछ ।
(२१२) चौकुनेका सामुदायिक बन उपभोक्ता समूहहरुको गठन, पदाधिकारी विवरण, वार्षिक कार्ययोजना, वार्षिक वजेट तथा खर्च विवरण संकलन गरी नियमितता र वातावरण संरक्षणका लागि आवश्यक पहलकदमी गरिनेछ ।
(२१३) बन पैदावारमा आधारित उद्योगहरु सञ्चालनका लागि स्थानीय तहले गर्नु पर्ने आवश्यक नीतिगत व्यवस्था गरिनेछ ।
(२१४) चौकुनेका वस्तीवस्तीमा पर्यटन .पार्क, वाल उद्यान निर्माण गर्न नागरिकहरुलाई प्रोत्साहन गरिनेछ ।
(२१५) चौकुने क्षेत्रभित्रको सामुदायिक बन र गाउँपालिकाको सह लगानीमा प्रदेश सरकारसँग आवश्यक सहयोग माग गरी वोटानिकल गार्डेन निर्माण गर्ने प्रस्ताव गरेको छु ।
(२१६) चौकुने भित्रका पुर्वाधार विकासका हरेक संरचनाहरुलाई बातावरण मैत्री बनाउने लक्ष राखिने छ । चौकुनेको वन जंगललाई चौकुने अर्थतन्त्रको आधारको रुपमा विकास गर्ने नीति अवलम्बन गरिने छ ।
(२१७) बन तथा बस्तीहरुलाई आइपर्न सक्ने प्राकृतिक जोखिमबाट बचाउन चौकुने गाउँपालिकाले खोला खोल्सा र नदि किनारामा तटबन्धन र वृक्षरोपणको प्रस्तावलाई अघि वढाएको छ । र साथै विपद व्यवस्थापन र जोखिम न्युनिकरणका लागि स्थानीय विपद व्यवस्थापन समिति र वडास्तरमा वडा विपद व्यवस्थापन समिति र टोल टोलमा विपद प्रतिकार्य तथा उद्धार टोली गठन गरिनेछ । यस कार्यका लागि नेपाल रेडक्रस र संघसंस्थासंग समेत सहकार्य गरिनेछ ।
(२१८) विश्वमा बढीरहेको ग्लोवल वार्मिङ्ग लाई न्युनिकरण गर्न केही हदसम्म हाम्रो पनि भुमिका रहने भएकाले जलवायु परिवर्तन सम्बन्धि जनचेतना फैलाउने र वातावरणमैत्री व्यवहार, क्रियाकलाप र व्यावसाय गर्ने नीति अवलम्बन गरिनेछ ।
(२१९) चौकुने गाउँपालिकाको दिगो शहरी विकासलाई मध्यनजर गर्दै चौकुने क्षेत्र भित्रका बस्तीहरुको फोहोरमैलालाई बर्गिकरण गरी उपयुक्त स्थानमा डम्पींग गरी फोहोरको उचित व्यवस्थापन गरिने छ ।
(२२०) प्लाष्टिकजन्य व्यागहरु र फोहोरमैलालाई निस्देज पार्ने उद्देश्यका साथ प्लाष्टिकजन्य पदार्थ निरुत्साहित गर्ने नीति अवलम्बन गरिनेछ । मानिसको भिडभाड हुने सार्वजनिक स्थलमा डस्टविनको व्यवस्था गरिनेछ । प्रत्येक घरलाई घरेलु फोहोरमैला व्यवस्थापनका लागि जनचेतना अभिवृद्धि गरिने छ ।
(२२१) सार्वजनिक स्थानमा मेला, पर्व, उत्सव लगायतका कार्यक्रममा फोहोर भएमा अनिवार्य रुपमा आयोजकले नै सरसफाई गर्नु गर्ने व्यवस्था मिलाईनेछ ।
संस्थागत विकास तथा सेवा प्रवाह
(२२२) सूचना प्रविधिको प्रयोग गरी कार्यालयको कार्य सम्पादनलाई छिटो छरितो र पारदर्शी बनाउन कम्प्युटर र ईन्टरनेट सेवाको विस्तार र विकास गरिनेछ ।
(२२३) सेवा प्रवाहमा भन्सुन, चाकडी, अनावस्यक दवावलाई दुरुत्साहन गरी आफ्नो कर्तव्य पुरा गर्ने नागरिकलाई प्रोत्साहन गरिनेछ । चौकुने स्थित सार्वजनिक संघ संस्था तथा कार्यालयको सेवा प्रवाहको अनुगमन गरी सेवाग्राहीमैत्री बनाईनेछ ।
(२२४) कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि नीतिगत, चेतनामुलक र प्रविधिमा आधारित विभिन्न कार्यशाला गोष्ठि, सेमिनार, ग्रुप डिस्कसन, तालिम र अवलोकन भ्रमण कार्यक्रम सञ्चालन गरिने छ ।
(२२५) १० ओटै वडाका वडा कार्यालयमा कम्प्यूटर मार्फत सेवा सुविधा प्रवाह गर्नका लागि आवश्यक नीति ल्याएको छु ।
(२२६) वडा कार्यालय व्यवस्थापन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु । प्रत्येक वडा कार्यालयमा कार्यरत कर्मचारीहरुलाई सुचना प्रविधि ९क्ष्ऋत्० तालिम दिई सेवा प्रवाहलाई अझ प्रभावकारी वनाईनेछ ।
(२२७) नागरिकको सूचनाको हकलाई प्रत्याभुति दिलाउन प्रत्येक निकायमा सूचना अधिकारी तोक्ने व्यवस्था मिलाई जनतामा सार्वजनिक सूचनाको पहुंच वृद्धि गरिनेछ । जानकारी र सूचनाका लागि प्रत्येक निजि तथा सार्वजनिक संस्थाहरुलाई नागरिक बडापत्र, सुचना वोर्ड, गुनासो पेटी राख्ने व्यवस्था मिलाईनेछ । गाउँपालिकाले आफ्नो १० वटै वडा र गाउँपालिकामा नागरिक वडापत्रको व्यवस्था गरी गाउँपालिका अन्तर्गत रहेका विभिन्न शाखाहरुलाई अझ व्यवस्थित र पारदर्शि बनाई सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिन अभिप्रेरित गरिनेछ ।
(२२८) गाउँपालिकाले नियुक्ति दिएका कर्मचारीहरुको कार्य मूल्यांकनको आधारमा यस आ.ब. मा पनि पारीश्रमिकलाई निरन्तरता दिईनेछ ।
(२२९) चौकुने गाउँपालिका भित्र रहेका सार्वजनिक संस्थाहरुले जनतालाई प्रवाह गर्ने सेवा सुविधालाई प्रभावकारी बनाउन सम्वन्धित कार्यालय प्रमुखहरुको मासिक वैठक गर्ने कार्यको शुरुवात गरिनेछ ।
(२२९) जनतालाई कर तिर्न सजिलो बनाउन आवश्यक प्रसासनिक सरलीकरण गरिनेछ ।


सुरक्षा व्यवस्थापन
(२३०) संसारलाई द्धन्द, हिंसा र अधोगतिमा लैजानका लागि मदिरले सहयोग गर्दछ । प्रत्येक घरमा दुःख छ , अशान्ति छ , महिला हिंसा छ, बाल अधिकारको हनन भएको छ भने त्यसको धेरै कारण मदिरा नै हो । चौकुने गाउपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने हाम्रो दीर्घकालीन सोच रहेको व्यहोरा म निवेदन गर्दछु । यस अभियानलाई गाउपालिका मात्रैको पहलबाट सफल हुन सक्दैन । हामीलाई नागरिकको सहयोग र हातेमालो आवश्यक छ । हामी यस वर्ष नागरिकको सहयोगमा मापसेलाई निरुत्साहन अभियान सञ्चालन गर्न मदिरा नियन्त्रण कार्यविधि जारी गरिनेछ ।
(२३१) चौकुने गाउँपालिका भित्रका बस्तीहरुको सुरक्षा चुनौतीलाई न्युनिकरण गर्न टोल विकास समिति मार्फत टोलमा हुन सक्ने चोरी, अपराध र कानून विपरितका कार्यमा सतर्कता अपनाउन नागरिक सशक्तिकरण कार्यक्रममा सम्वन्धित पक्षसंगको समन्वयमा आवश्यक पहलकदमी गरिनेछ । यस वर्ष घाटगाउमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । अन्य बेतान, माायाताल स्थानमा पनि प्रहरी चौकी राख्न र गुटु स्थित प्रहरी चौकीको स्तरोन्नतीका लागि आवश्यक पहल गरिनेछ ।
(२३२) महिला हिंसा न्युनिकरणका लागि महिला पुरुष मिलिजुली अभियान सञ्चालन गरी सोच र व्यावहारमा सकारात्मक परिवर्तन ल्याउन प्रयत्न गरिनेछ ।


सुचना प्रविधि
(२३३) चौकुने गाउँपालिकाका नागरिकको सुचना प्रविधिमा पहुँच विस्तार हुने खालका कार्यक्रमहरु सञ्चालन गरिने छ । यसका लागि उपयुक्त समयमा चौकुने एफ. एम सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिएको छु ।

 

पञ्जीकरण व्यवस्थापन
(२३४) जन्म, मृत्यु, वसाई सराई, विवाह दर्ता, सम्वन्ध विच्छेदका घटना दर्ता गर्न र सामाजिक सुरक्षा भत्ता वितरण कार्य प्रभावकारी बनाउन सामाजिक सुरक्षा तथा घटना दर्ता प्रणाली ९ख्भ्च्क्ए ( ःक्ष्क्० लाई व्यवस्थित गरी १० वटै वडामा अनलाईन प्रणालीबाट घटना दर्ता विस्तार गरिनेछ ।
(२३५) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही व्यक्तिहरुको फोटो सहितको विवरण अद्यावधिक गरिनेछ । फोटो सहितको विवरण अद्यावधिक गरे पछि मात्र सम्वन्धित लाभग्राहीलाई भत्ता वितरण गरिनेछ । भत्ता वितरण वैंकिङ प्रणालीबाट गर्न वडा नं. ८ वाट शुरु गरि क्रमश सवै वडामा विस्तार गरिनेछ ।

 

शुसासन प्रवद्र्धन
(२३६) चौकुने गाउँपालिकामा सुशासन, सदाचार र भ्रष्टाचार नियन्त्रण गरी पारदर्शिता कायम गर्न आवश्यक विधि र प्रक्रिया अपनाईनेछ । यसका लागि सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई, रेडीयो कार्यक्रम, अन्तक्रिया कार्यक्रम, जनप्रतिनिधि आचार संहिता, उपभोक्ता समिति व्यवस्थापन कार्यविधि, टोल सुधार समिति, भौतिक पुर्वाधार निर्माण सम्बन्धि व्यवस्थापन र नियमन गरिने छ ।
स्थानीय तथ्यांक संकलन र अभिलेख व्यवस्थापन
(२३७) चौकुने गाउँपालिकाको विकासका सुचकांक र मानव विकासका सुचकहरुको यथार्थ अवस्था थाहा पाउन विभिन्न फर्महरु निर्माण गरि तथ्यांक संकलन अभियान सञ्चालन गरिनेछ । र उक्त तथ्यांकहरुको अभिलेखिकरण गरिनेछ ।


वित्तिय व्यवस्थापन र सुशासन
(२३७) सञ्चित कोष व्यवस्थापनका लागि तोकिएका खर्च खाताहरु सञ्चालन गरिनेछ ।
(२३८) राजश्व संकलन नै हाम्रो विकासको आधार हो । स्थानीय नागरिकहरुलाई करको भार थुपार्ने हाम्रो मनसाय छैन । स्थानीय तहमा कर संकलन नभए विकासको पुंजीको श्रोत घट्नु स्वभाविक हो । आगामी आ.व.मा सम्पत्ति कर प्रणालीमा थप प्रभावकारीता सहित लागु गरी सवै नागरिकहरुलाई न्युन दरको करको दायरामा ल्याईनेछ ।
(२३९) वेरुजुको अंकले हाम्रो कार्य सम्पादनमा हर हमेशा प्रश्न उठाई रहने हुंदा वेरुजु नहुने गरी कार्य सम्पादन गर्न उपभोक्ता समिति, निर्माण व्यवसायी, कर्मचारी, पदाधिकारी सवैलाई सचेत र सजग गराउदै विगतको वेरुजु सम्परीक्षणको काम थालनी गरिनेछ ।
(२४०) आफ्नो गाउ ठाउमा भएका विकासका गतिविधिमा सहभागी हुने, जानकारी पाउने , त्यसको लाभ भोग गर्न पाउने नागरिकको नैसर्गिक अधिकार हो । त्यस्तो सार्वजनिक विकास निर्माणको काम के कसरी भईरहेको छ भनी सूचना पाउने, कामको रेखदेख, अनुगमन, मुल्यांकन गर्ने नागरिक अधिकारको हामीले सम्मान गर्नु पर्दछ । आगामी वर्षमा सवै वडा र गाउपालिकामा सार्वजनिक सुनुवाई गर्ने कार्यक्रमका लागि बजेट विनियोजन गरेको छु ।
(२४१) उपभोक्ता समितिमा रहने उपभोक्ताहरुको कार्य सम्पादनले गाउपालिकाको कार्य सम्पादनमा असर गर्ने हुंदा उपभोक्ता समिति गठन गर्ने कार्यलाई टोल आम भेला भई उपभोक्ताहरु मध्ये आफुले छनौट गरेको तोकिएका योग्यता पुगेको व्यक्तिहरु मध्ये छनौट गर्ने, त्यस्ता व्यक्तिको कार्य सम्पादनको मुल्यांकन गरी गैरकानूनी काम गरेको पाईएमा तत्काल कानूनी कारवाही गरिनेछ । सार्वजनिक सम्पत्ति दुरुपयोग गर्ने, मदिराजन्य पदार्थमा खर्च गर्ने, मदिरा सेवन गरी सार्वजनिक स्थानमा आवत जावत गर्ने, शान्ति सुव्यवस्थामा वाधा पुर्याउने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याई चौकुनेको आय जनतालाई न्याय मुल आदर्शलाई सार्थक बनाउन हरपल प्रयास गरिनेछ ।
(२४२) चौकुने गाउकार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, माध्यमिक विद्यालयहरुमा आगामी आ.व.मा ई एटेन्डेन्स प्रणाली जडान गरी कर्मचारी नियमितता वृद्धि गराई कर्मचारी पुरस्कार र दण्डका लागि वस्तुगत सुचना प्रणालीको विकास गरिनेछ ।


राष्ट्र सुरक्षामा हाम्रो योगदान
(२४३) राष्टिय एकता, अखण्डता हाम्रो प्रमुख कडी हो । राष्ट विना हाम्रो व्यक्तिगत तथा सामाजिक केहि पनि विकास गर्न सक्दैनौं । राष्ट रहे हामी रहन सक्छौं । राष्टको रक्षाबाट हाम्रो रक्षा हुन्छ । राष्टिय सिमा रक्षामा सिमा क्षेत्रका जनताको मात्र योगदानले पुग्दैन । यसका लागि देश भरिका जनताको योगदान महसुस गर्दै नेपाल भारत सिमामा कांडेतार लगाउन शुरु गरेको ठोरी गाउपालिकालाई थप तारबारका लागि आन्तरिक आम्दानीबाट रु.१ लाख सहयोग गर्ने र यो अभियान देश भरी सञ्चालन गर्ने नीति अवलम्वन गरिनेछ । साथै देशको रक्षामा नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै सिमा क्षेत्रका जनताको विशेष योगदान रहेको छ । देशको रक्षा गर्ने सुरक्षा फौजको मनोवल बढाउन र उनीहरुलाई साधन र स्रोतको कमी हुन नदिनका लागि सवै तहका सरकार र सवै क्षेत्रका जनताले उत्तीकै योगदान पुर्याउन जरुरी छ । त्यसैले हाम्रो गाउपालिका नेपालको सिमा रक्षार्थ सहयोगका लागि थोरै भए पनि योगदान पुगोस भन्ने मनसायले आफ्नो आन्तरिक आम्दानीबाट रु.१ लाख नेपाली सेना लाई प्रदान गर्ने प्रतिवद्धता गर्दछ । यस कार्यमा थप सहयोगको जरुरत परेमा पनि पछि नहट्ने समेत विश्वास दिलाउन चाहन्छ ।


(२४४) अध्यक्ष महोदय,
अव म क्षेत्रगत नीति तथा कार्यक्रमका लागि बजेट विनियोजन र श्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु ।
(२४५) आगामी आर्थिक बर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न जम्मा कुल रकम ४३ करोड ८० लाख २६ हजार ४ सय ८० विनियोजन गरेको छु । जसमा १९ करोड ७५ लाख सशर्त अनुदान तर्फको कार्यक्रम भएकोले तोकिएका कार्यक्रम सञ्चालन हुनेछन् ।
वांकी रहेको २० करोड ७० लाख २६ हजार ४ सय ८० बजेट मध्ये ६ करोड ५१ लाख ४२ हजार ३ सय ९१ चालु खर्च तर्फ विनियोजन गरेको छु । चालु खर्च तर्फ विनियोजन गरे पछि वांकी रहेको १४ करोड १८ लाख ८४ हजार ९० बजेट विकास तर्फका विभिन्न आयोजनाहरुमा विनियोजन गरेको छु ।
(२४६) आगामी आर्थिक बर्षको लागि अनुमान गरिएका खर्चको व्यवस्थापन तपसिल बमोजिमका श्रोतहरुबाट प्राप्त हुने गरी विनियोजन गरेको छु ।

  • आन्तरिक आय बाट २० लाख
  • नेपाल सरकार ससर्त अनुदान १९ करोड ७५ लाख
  • नेपाल सरकार विशेष अनुदान १ करोड ८५ लाख
  • नेपाल सरकार समपुरक अनुदान १ करोड ५० लाख
  • नेपाल सरकार राजश्व वांडफांट वापत प्राप्त हुने आय ९ करोड ३८ लाख ५८ हजार ४ सय ८०
  • नेपाल सरकार समानीकरण अनुदान १० करोड २ लाख
  • कर्णाली प्रदेश सरकार समानीकरण अनुदान १ करोड २ लाख ९६ हजार

कर्णाली प्रदेश सरकार सवारी साधन करको वांडफांट ६ लाख ७२ हजार
कुल जम्मा ४३ करोड ८० लाख २६ हजार ४ सय ८०
उपरोक्त आयमा चालु आ.व.मा खर्च हुन नसकेको बजेटहरु समावेश गरिएको छैन । त्यस्तो बजेट नियमानुसार सञ्चित कोषमा जम्मा हुने भएकोले सो रकम गाउ कार्यपालिका तथा गाउसभाको निर्णयानुसार खर्च गरिनेछ ।

 

(२४७) अध्यक्ष महोदय,
अव म आर्थिक बर्ष ०७७।०७८ को राजश्व परिचालनको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
(२४७) करदाता, लगानीकर्ता र आमनागरिकले अपेक्षा गरेको आदर्श कर प्रणाली बाट अभिप्रेरीत भएर आगामी वर्षको राजश्व संकलन गरिनेछ ।
क) सवै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने ,
ख) कर प्रणाली व्यवस्थित गरी उत्पादनमुलक उद्योग र व्यावसायको प्रवद्धन गर्ने ।
ग) करको संरचना र करका दरहरुको समय सापेक्ष सुधार गरी प्रगतिशिल र समन्यायीक कर प्रणाली विकास गर्ने ।
घ) राजश्व प्रशासनमा सुधार गर्ने ।
ङ) कर कानुनको पालना गर्न र गराउन लगाई राजश्व छलि तथा चुहावट नियन्त्रण गर्ने ।
च) चालु आ.व.बाट शुरु गरिएको सम्पत्ति कर प्रणाली थप व्यवस्थित गरिनेछ ।
(२४८) अध्यक्ष महोदय,
अब म आगामी बर्षको राजश्वको दर सम्बन्धि प्रस्ताव र कर प्रणालीको सुधारको कार्यक्रम प्रस्तुत गर्न चाहान्छु ।
कर प्रशासन
(२४९) कर प्रशासनलाई व्यवस्थित गर्न आगामी आ.ब देखि चौकुने गाउ कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुमा राजश्व संकलनमा जिम्मेवारी र लक्ष्य तोकिनेछ ।
(२५०) अध्यक्ष महोदय,
गत आर्थिक बर्ष ०७५।०७६ को खर्च, चालु आर्थिक वर्ष ०७६।०७७ को संशोधित अनुमान, आगामी आ.व ०७६।०७७ को अनुमानित आय व्ययको विवरण, योजना तथा कार्यक्रम अनुसूचिहरुमा उल्लेखित गरेको छु ।
(२५१) अध्यक्ष महोदय,
मैले पेश गरेको बजेटले चौकुनेको सामाजिक, आर्थिक तथा भौतिक क्षेत्रहरुमा निर्माण र नवनिर्माणले दु्रत गती पाई नागरिकहरुले आर्थिक, सामाजिक र भौतिक क्षेत्रमा सकारात्मक परिवर्तनको महशुस गर्ने मेरो विश्वास रहेको छ । साथै उद्यमशिलताको जगमा अर्थतन्त्र गतिशिल हुँदै एउटा बृहत्तर आर्थिक आधार तयार हुने र विकास तथा सम्मृद्धिको यात्रा श्रीगणेश हुने विश्वास लिएको छु ।
बजेट कार्यान्वयन
(२५२) प्रक्रियामा होईन नतिजामा आधारित वस्तुगत अनुगमन प्रणालीको विकास गरी विकासको अपेक्षित प्रतिफल प्राप्त गर्ने व्यवस्थापकीय, प्रशासकीय र पर्यावरणीय प्रवन्ध मिलाई बजेटको प्रभावकारी कार्यान्वयन गरिनेछ । यसका लागि आय व्यय तथा बजेट खर्च लेखांकन सम्वन्धी सुत्र प्रणाली लाई निरन्तरता दिईनेछ ।
(२५३) विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनको लागि कर्मचारीको दक्षता, जनताको सहभागीता र पदाधिकारीको सार्वजनिक उत्तरदायित्व जरुरी हुन्छ । चौकुनेमा सवैले आ आफ्नो क्षेत्रबाट सहयोगात्मक, रचनात्मक सहयोग गरी समृद्ध चौकुने बनाउने अभियानमा साथ दिनु हुनेछ भन्ने पूर्ण विश्वास र भरोसा लिएको छु ।


(२५४) अध्यक्ष महोदय,
यो बजेट तर्जुमा गर्दा मार्गनिर्देश गर्नुहुने सभाका सम्पुर्ण सदस्यज्यूहरु, स्वतःउत्प्ररित भई अहोरात्र खटिनु भएका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरु , उद्यमी, व्यापारी, शिक्षक, बुद्धिजिवी, विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरु र समग्र चौकुनेवासी नागरिकहरु धन्यवादका पात्र हुनुहुन्छ । बजेट निर्माणमा दीर्घकाली सोच सहितको विकास रणनीति र मार्गदर्शन गर्नु हुने अध्यक्षज्यू प्रति आभार व्यक्त गर्न चाहन्छु । कर्णाली प्रदेश सभाका सदस्य एवं उप सभामुख पुष्पा घर्ती मगर ज्यू, सदस्य मा. विन्दमान विष्टज्यू र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री मा.नवराज रावतज्यू प्रति विकासमा सह सहयोग, समन्वय र हौसला प्रदान गरी दिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु । जय चौकुने
धन्यवाद

 

२०७७ असार ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्