प्रतिकात्मक तस्बिर गुगलबाट
११ असार । दैलेखमा आत्महत्या गरेका एक युवकमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।
भारतबाट १ महिनाअघि आएका दुल्लु नगरपालिका १० का २१ वर्षीय युवकले मंगलबार आत्महत्या गरेको नगर प्रमुख धनश्याम भण्डारीले जानकारी दिए ।
बुधबार उनको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि सुर्खेत पठाइएको थियो । बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको हो ।
उनी दुल्लुको ज्वाला मावि क्वारेन्टिनमा १४ दिनसम्म बसेका थिए । आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो ।
प्रतिकृया दिनुहोस्