Birendranagar Municipality

भारत लगायतका देशमा चिनियाँ चुनौतीका कारण युरोपमा सेना घटायौँः अमेरिकी विदेश मन्त्री पोम्पेओ

एजेन्सी
भारत लगायतका देशमा चिनियाँ चुनौतीका कारण युरोपमा सेना घटायौँः अमेरिकी विदेश मन्त्री पोम्पेओ

१२ असार । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले भारत तथा दक्षिण पूर्वी एसियाली देशहरुमा बढ्दै गएको चिनियाँ चुनौतीका कारण अमेरिकाले युरोपमा आफ्नो सेनाको उपस्थिति कम गरेर उनीहरुलाई अरु क्षेत्रमा तैनाथ गर्न थालिएको बताएका छन् ।

बिहीबार ब्रसेल्स फोरमलाई भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । भारत र चीनका सेनाबिच जुन १५ को राति सीमा क्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भिडन्त हुँदा भारतीय सेनाका एक उच्च अधिकारी सहित २० जनाको ज्यान गएको थियो ।

चिनियाँ पक्षमा पनि क्षति भएको बताइन्छ, तर चीनले यसको पुष्टि गरेको छैन । जर्मनीमा अमेरिकी सैनिकको संख्या किन घटाइएको सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले ती सेनाहरु अरु क्षेत्रमा पठाइएको बताए ।

चीनको सत्ताधारी चिनियाँ कम्युनिष्ट पार्टीका कार्यहरु भारत, भियतनाम, मलेसिया, इन्डोनेसिया र साउथ चाइना सीमाका लागि चुनौती रहेको बताएका छन् ।

विदेश मन्त्री पोम्पेओले भने, ‘हामीले अमेरिकी सैनिकहरु आवश्यकता र प्राथमिकताअनुसार तैनाथ होस् भन्नेमा विशेष ख्याल गर्ने गरेका छौँ ।’

गएको हप्ता पोम्पेओले सीमा क्षेत्रमा भारतीय सैनिकको ज्यान जाने गरी भएको भिडन्तलाई लिएर चिनियाँ आर्मीको आलोचना गरेका थिए । यस्तै राण्नीतिक महत्वको साउथ चाइना सीमा चीनको गतिविधिलाई लिएर पनि पोम्पेओले चीनको आलोचना गरेका छन् ।

पोम्पेओले चीनको सत्तारुढ कम्युनिष्ट पार्टी अफ चाइना (सिपिसी) लाई खराबकर्ताको रुपमा व्याख्या गरे ।

चीनको सैन्य तथा आर्थिक गतिविधि तीव्र रुपमा बिस्तार गरिरहेको छ र त्यसको प्रभाव इन्डो प्यासिफिक क्षेत्रसहितका स्थानमा बिस्तार हुँदै गएको छ ।

चीनको बिस्तारलाई लिएर अमेरिकाले चासो गर्दै आएको छ । पोम्पेओले चीनलाई लिएर युरोपियन युनियनसँग वार्ताका लागि तयार रहेको बताए । चीनमाथि कडा निर्णय लिन सकिने अपेक्षा पनि रहेको उनले बताएका छन् ।

२०७७ असार १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्