१२ असार । नेपालमा एकैदिन ५९३ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा १०७ जना महिला र ४८६ पुरुषमा सङ्क्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सङ्क्रमण देखिएकामध्ये एक हजार दुई सय ४९ महिला र १० हजार पाँच सय ६ जना पुरुष छन् ।
रसुवाबाहेक ७६ जिल्लामा कोरोना सङ्क्रमण देखिएको छ । अहिलेसम्म दुई हजार ६ सय ९८ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा आठ जना महिला र ४० जना पुरुष गरी ४८ जना डिस्चार्ज भएका छन् ।
प्रतिकृया दिनुहोस्