Birendranagar Municipality

रसुवामा समेत कोरोना संक्रमित भेटिए, ७७ जिल्लामा १२३०९ संक्रमित

सेरोफेरो
रसुवामा समेत कोरोना संक्रमित भेटिए, ७७ जिल्लामा १२३०९ संक्रमित

१३ असार । अहिलेसम्म संक्रमण नभेटिएको रसुवा जिल्लामा समेत संक्रमण भेटिएको छ । यो संगै नेपालका ७७ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार रसुवाका नौ जनासहित पाँच सय ५४ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १२ हजार ३ सय ९ पुगेको हो । रसुवामा सङ्क्रमण पुष्टि भएकामा आठ जना महिला र एक पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

 

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय २० जना महिला र चार सय ३४ पुरुष गरी पाँच सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । यससंगै नेपालमा कोरोना सङ्क्रमण बाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।

२०७७ असार १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्