१४ असार । नेपालमा सहल किरा भित्रिय संगै किसानहरु त्रासमा छन् । लामो समय भारतमा रहेको सलह किरा शनिवार मात्र नेपाल भित्रिएको हो । शनिबार तराईका बारा, पर्सा, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा देखिएको सलह आज काठमाण्डौ उपत्यकाको ललितपुरसहित अरु जिल्लामा पनि देखिएको हो ।
आईतवार दाङ, चितवन, कास्की, खोटाङ, लमजुङ, गुल्मीसहित विभिन्न जिल्लामा सलह भेटिएको हो । यस संगै एक किलो सलह समातेर ल्याएमा प्रदेश नं. ५ ले प्रतिकिलोको २० रुपैया दिने घोषणा गरेको हो ।
शनिवार मुख्य मन्त्री शंकर पोख्रेलले सामाजिक संजाल फेसबुक मार्फत यसको नियन्त्रणमा सवै जुट्न अनुरोध गनर््ुभएको थियो । साथै मुख्यमन्त्री पोख्रेलले प्रतिकिलो सलहको २० रुपैया दिने घोषणा गर्नुभएको थियो ।
यसैगरी सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक किलो सलह किरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको छ । एक किलोको २५ रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्