१४ असार । नेपालमा आइतबार मात्र कोरोना भाइरसका ४ सय ६३ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ४ सय ६३ जनामा सङ्क्रमण देखिएको हो ।
आज थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७ सय ७२ पुगेको प्रवक्ता गौतमले बताउनुभयो । नेपालमा आजसम्म ११ हजार दुई सय ९८ जना पुरुष र एक हजार चार सय ७४ जना महिलामा सङ्क्रमण देखिएको उहाँले बताउनु भयो ।
आइतबारसम्म ३ हजार १३ जना सङ्क्रमितहरु कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रतिकृया दिनुहोस्