१४ असार । मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मदन भण्डारी स्पोट्स एकेडेमी सुर्खेतले वीरेन्द्रनगरस्थित अम्बिकादेवी सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका करिव दुई सय विरुवा वृक्षारोपण गरेको छ ।
मदन भण्डारी फाउण्डेशन कर्णाली प्रदेश सचिव कुलमणि देवकोटा र स्पोट्र्स एकेडेमीका अध्यक्ष तेजविक्रम वस्नेतको अध्यक्षमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको तेजविक्रम वस्नेतले जानकारी दिनुभयो ।
वृक्षारोपणमा नेकपा सम्वद्ध नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका विरुवा रोपीएको र आगामी दिनमा मदन स्मृति बाटिका निर्माण गर्ने योजना रहेको फाउण्डेशनका प्रदेश सचिव कुलमणि देवकोटाले जानकारी दिनुभयो ।
मदन भण्डारी फाउण्डेशन सुर्खेतले मदन जयन्तीका अवसरमा आइतवार विहान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रम फाउन्डेसनका का.बा.अध्यक्ष टेकेन्द्र बस्नेतको अध्यक्षता र नेकपा केन्द्रीय सदस्यहरु नर बहादुर बिष्ट, झक बहादुर मल्ल र निरज आचार्य लगायत नेता कार्यकर्ताको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् ।
यसैगरी सोही अवसरमा आइतवार साँझ वीरेन्द्रचौकमा दीप प्रज्वलन गरिएको तेजविक्रम बस्नेतले बताउनु भयो ।
प्रतिकृया दिनुहोस्