१५ असार । सोमबार मात्र नेपालमा कोरोना संक्रमितको संख्या ४७६ पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्त डाक्टर जागेश्वर गौतमका अनुसार ११२ जना महिला र ३६४ गरी ४७६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । जसमध्ये १ हजार ५ सय ८६ महिला र ११ हजार ६ सय ६२ पुरुषमा सङ्क्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार सोमबार १२१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या २९ पुगेको छ ।
आजसम्म २६६ महिला र २ हजार ८ सय ६६ पुरुष गरी ३ हजार १ सय ३४ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो।
प्रतिकृया दिनुहोस्