Birendranagar Municipality

पहिरोका कारण अवरुद्ध सुर्खेत उपत्यकाको खानेपानी बुधवारबाट सुचारु हुने

सेरोफेरो
पहिरोका कारण अवरुद्ध सुर्खेत उपत्यकाको खानेपानी बुधवारबाट सुचारु हुने

१५ असार । अविरल वर्षातको कारण गएको पहिरोका कारण अवरुद्ध सुर्खेत उपत्यका खानेपानी आयोजनाबाट वितरण गरिने खानेपानी सेवा बुधबारबाट मात्र संचालन हुने भएको छ ।

 

झुप्रा खोला मुहानको ३०० मिमि डायमिटरको मुख्य प्रसारणमा लाईनमा पहिरोले क्षती पुर्‍याएको ईन्जिनियर बालाराम तिवारीले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो 'हामीले निरन्तर तिन दिनको अथक प्रयास पछि आज मुख्य प्रसारण पाइपलाइन मर्मत सम्भार कार्य सम्पन्न गरेका छौं, पाइपलाइन सुरक्षाका लागि थर्स ब्लक समेत निर्माण गरिएको हुदा फाइनल सेटिङ्ग टाइम पश्चात मात्र पानी वितरण गर्न सकिन्छ ।' 

२०७७ असार १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्