१६ असार । कर्णाली प्रदेशमा सलह भित्रिएको छ । लेकबेशी नगरपालिका ३ सुर्खेतमा रहेको कृषि अनुसन्धान केन्द्र (नार्क)को मकैबारीमा मंगलबार सलह देखिएको नार्कका प्रमुख, बरिष्ठ वैज्ञानिक बन्दुराज बरालले जानकारी दिए ।
बरालका अनुसार सलह ठूलो संख्यामा छैन । कतैबाट छुट्टएिर आएको हुनसक्ने उनको अनुमान छ । थारै संख्यामा देखिए पनि कर्णालीमा सलह प्रबेश गरिसकेको उनले बताए ।
असार १३ गते शनिबार बिहान बाराको सिमरा र जितपुर, सर्लाहीको नवलपुर, रुपन्देहीको बुटवल र भैरहवामा पहिलो पटक सलह देखिएको थियो । त्यहाँबाट सलह विस्तारै अन्यत्र फैलिएको पाइएको छ ।
प्रतिकृया दिनुहोस्