१६ असार । मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा कोरोना संक्रमतिको संख्या १३ हजार ५ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये १ हजार ६ सय ५७ महिला र ११ हजार ९०७ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार मंगलबार ७१ महिला र २४५ पुरुष गरी ३१६ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार मङ्गलबार सबैभन्दा बढी सुदूरपश्चिममा १२१ जनामा सङ्क्रमण देखिएको छ ।
यसैगरी प्रदेश नम्बर १ मा १२ जना, प्रदेश नम्बर २ मा ८२ जना, वाग्मती प्रदेशमा १६ जना, गण्डकी प्रदेशमा २५ जना, प्रदेश नम्बर ५ मा ४७ जना, कर्णाली प्रदेशमा १३ मा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुदुरपश्चिममा कोरोनाका कारण एक जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशमा थप एक जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । मृतक पुरुषमा मृत्युपश्चात कोरोना पुष्टि भएको हो ।
अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।
मृतकको असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । मृतक भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वरेण्टीनमा बसिरहेका थिए।
प्रतिकृया दिनुहोस्