१७ असार । प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । बुधबार बिहान गंगालाल ह्रदययरोग केन्द्रमा उनको निधन भएको हो ।
उनको मुटुको ३ वटा भल्ब ब्लक भएपछि शल्यक्रिया गरिएको नेपाली कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । भुषालका अनुसार छन्त्यालको बुधबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने कार्यक्रम छ ।
छन्त्याल २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । त्यसपछिको निर्वाचनमा कांग्रेसले उनलाई समानुपातिकबाट सांसद बनाएको हो । छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।
प्रतिकृया दिनुहोस्