Birendranagar Municipality

माथिको आदेश नमान्दा नेपाली सेनाका रथी र मेजर बर्खास्त

सेरोफेरो
माथिको आदेश नमान्दा नेपाली सेनाका रथी र मेजर बर्खास्त

१७ असार । अनुशासन विपरित काम गरेको ठहर गर्दै नेपाली सेनाको सैन्य अदालतले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गर्ने फैसला गरेको छ ।

सैनिक अदालतको बुधबार बसेको बैठकले अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो ।

नेपाली सेनाद्वारा बुधबार जारी विज्ञप्तिमा उनीहरु दुबैजनाले उपल्लो दर्जाको कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको ठहर भएको उल्लेख छ ।

 

२०७७ असार १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्